LATEST NEWS

नेपाली र बङ्गाली बिच भिडान्त एक नेपालीको मृत्यु ६ पक्राउ हेर्नुहोस

Posted by Nepali Blogger ~ Thursday, July 23, 2015



शारजाह – यूएईको शारजाहमा बंगलादेशी र नेपालीबीच भएको झगडामा एक नेपालीको मृत्यु भएको छ ।नोभेम्बर ७ शुक्रबारकादिन नेपालीहरू र बंगलादेशीहरूबीच शारजाहको औद्योगिक क्षेत्र नं १ मा भएको झगडामा कुटाकुट भएपिछ स्याङ्गजा जिल्ला आरुखर्क घर भएका सुरज खवासको मृत्यु भएको हो । मादक पदार्थ पिएपछि सुरुभएको सामान्य झगडाले उग्ररुप लिएको थियो । 

मृतक खवास यहाँस्थित एक इलेक्ट्रिक एण्ड डेकोर कम्पनीमा कार्यरत थिए । बंगलादेशी कामदारले हानेको लाठीले टाउकोमा लागेपछि खवासको घट्ना स्थलमै मृत्यु भएको श्रोतले बताएको छ । घट्नापश्चात शारजाह प्रहरीले केही बंगलादेशीसहित ६ जना नेपालीलाई पक्राउ गरेको छ । प्रक्राउ पर्ने नेपालीहरूमा मोरङका कृष्ण दाहाल, उदयपुरका हेमबहादुर राई, उदयपुरकै रोइत राई र केशब राई, गुल्मीका चन्द्रसिङ खत्री र कास्कीका शंकर नेपाली रहेको उदयपुरका भक्त राईले बताए । source taja khabar

Categories
Tags

Related Posts

No comments:

Leave a Reply