LATEST NEWS

अभिनेत्री नम्रता श्रेष्ठ राजनीतिमा

Posted by Nepali Blogger ~ Thursday, July 23, 2015

काठमाडौं । मुलुकमा संविधान जारी गर्ने माहोल बनिरहँदा अभिनेत्री नम्रता श्रेष्ठलाई पनि यतिखेर राजनीतिले तानेको छ । त्यसैले फिल्मकर्मलाई थाती राखेर उनी विभिन्न राजनीतिक कार्यक्रमहरुमा सहभागी बन्न थालेकी छिन् । यतिखेर प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्री र राष्ट्रपतिको व्यवस्था हुनुपर्ने अभियानमा छिन् उनी । यसका लागि दस हजार हस्ताक्षर संकलन गर्न उनीसहितको समूह जुटेको छ । 



प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको पक्षमा उभिएकी उनले संविधानका अन्य विषयहरुमाथि पनि आफ्नै धारणा रहेका छन् । आफू पनि एक युवा भएकाले आफ्नो भविष्यको सुनिश्चितता गर्ने अवसर संविधानले दिलाउनुपर्छ भन्ने उनको पहिलो मान्यता छ । खासगरी, प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्छ भन्नेमा उनको जोड छ । यसो गर्न सकियो भने जनताले आफूले चाहेको र खोजेकोजस्तो लिडरसिप पाउन सक्ने उनको विश्वास छ । यस्तै अहिलेसम्म मुलुकले पाउन नसकेको नेतृत्व प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीबाट पाउनसक्ने पनि नम्रताको बुझाइ छ । 

उनी अगाडि थप्छिन्–जनतालाई शक्तिशाली र राजनीतिमा आफ्नो अधिकार स्थापित गर्न पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको व्यवस्था आवश्यक छ । अहिलेको सिस्टमले देशलाई राम्रो गरेन । कुशल नेता जन्माउन र देश विकासमा नागरिकलाई सहभागि गराउन पनि यसको आवश्यकता छ । अहिले संविधानको मैजारोमा निकै वहसमा रहेको धर्मको विषयमा पनि नम्रताले आफ्नो धारणा राखिन् । उनी भन्छिन्–सबै धर्म समान हुन् र धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने धारणा हो । 

एउटै फूलबारीमा सबै धर्मले आफ्नो धार्मिक स्वतन्त्रताको उपभोग गर्न पाउनुपर्छ भन्ने मलाई लाग्छ । तर संविधानको मस्यौदामा फिल्मलाई संबोधन नगरिएकोमा उनले पनि दुःख व्यक्त गरिन् । साहित्य र संगीतलाई सम्बोधन गर्ने तर चलचित्रलाई बेवास्ता गरिनु राज्यको हेपाह प्रवृत्ति भएको उनको तर्क छ । राज्यको नीतिमा चलचित्र नीति पनि नपरेसम्म यस क्षेत्रको विकास हुन नसक्ने नम्रताको धारणा छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply