LATEST NEWS

लुगा फेरे झै श्रीमती फेर्दै प्रकाश, प्रचण्ड पुत्रको घिनलाग्दो काण्ड

Posted by Nepali Blogger ~ Friday, July 24, 2015

काठमाडौं, ८ साउन - ऐन-कानुनमा बकाइदा व्यवस्था छ जेठी हुँदाहुँदै कान्छी ल्याउनेलाई एकदेखि तीन वर्षसम्म कैद हुन्छ । त्यस्ता स्त्री पीडकमाथि कारबाहीका लागि श्रीमतीले जाहेरी दिनुपर्ने अनिवार्यता पनि छैन । देशको जुनसुकै निकाय या व्यक्तिले त्यस्ता व्यक्तिविरुद्ध उजुरी गर्न या पक्राउ गरेर बुझाउन सक्छ । तर, यो नियम साधारण नागरिकका लागि मात्रै हो । यसै पनि नेपालको कानुनी व्यवस्थाबारे सर्वसाधारणमा सकरात्मक धारणा छैन । 



ठूलालाई चैन सानालाई ऐन भन्ने त उखानै बनिसक्यो । सबै उखान व्यवहारमा अनुवाद नहुन पनि सक्छन् । तर, प्रचण्डपुत्र प्रकाश दाहालको हकमा यो उखान हुबहु लागू हुन्छ । जेठी पत्नी प्रभा बोगटीसँग कानुनी छोडपत्र गरेकाले उनीबाट प्रकाशले उन्मुक्ति पाए । छँदाखाँदाकी श्रीमती सिर्जना त्रिपाठीलाई छाडेर प्रकाशले गत वर्ष हालसम्मका निम्ति तेस्रो बिहे गरे । पत्नीको मृत्यु भएको पनि होइन । छोडपत्रको कानुनी पक्रिया पूरा हुनु त परै जाओस् सुरु गरेको पनि होइन । काखमा भएको कलिलो छोरा खेलाउँदै जीवनको रंगीन सपना सँगालिरहेकी र साढे दुई दशक उमेर पनि नभएकी युवतीमाथि जब प्रकाशले सौता हाले धेरैलाई लागेको थियो उनलेे त्यसको कानुनी मूल्य चुकाउनेछन् । prakasतर, त्यस्तो भएन । 

प्रकाशले सिर्जनालाई हेपेर कसले के गर्न सक्छ भन्ने शैलीमा बीना मगरलाई तेस्री पत्नीका रूपमा लिएर अहिले ललितपुरमा बसिरहेका छन् । साथीभाइले बोलाएको भोजभतेरमा पति/पत्नीका रूपमा सँगसँगै सरिक भइरहेका छन् । तर, देशको नियम, कानुन कार्यान्वयन गर्ने निकाय मौन छ । नेपालको कानुन दैवले जानुन् भनेजस्तो भएको देखिन्छ । प्रभाका बाबु पोष्टबहादुर बोगटी माओवादीकै प्रभावशाली नेता थिए, त्यसैले प्रभालाई छाडेर अर्की भित्र्याउनुअघि छोडपत्र भएको थियो । तर, सिर्जना विचरी ! उनका लागि बोलिदिने बाबुआमा कुनै पार्टीका ठूलाबडा नेता या ठूला सरकारी हाकिम परेनन् । कास्की हेम्जाका सामान्य किसान त्रिपाठी परिवारलाई दाहाल परिवारले हेपेरै सिर्जनामाथि प्रकाशले हालेको सौता प्रकरणलाई सामान्यीकरण गरेको हेम्जावासीको बुझाइ छ । 

माओवादीले लोकाचारकै लागि भए पनि प्रकाशलाई निलम्बन गर्‍यो । त्यो पार्टीको आन्तरिक प्रक्रिया थियो । हरेक पार्टीको कार्यकर्तासम्बन्धी आ-आफ्नै नीति-नियम हुन सक्ला । राज्यले हरेक नागरिकलाई गर्ने व्यवहार एउटै होस् भनेर प्रहरी, प्रशासन, अदालत, जेल सबै व्यवस्था गरेको हुन्छ । तर, प्रकाश दाहालको हकमा राज्यको पाखण्डी व्यवहार उदांगो भएको छ । 

मुलुककै ठूलो राजनीतिक दलको अध्यक्षका छोराबारे सार्वजनिक रूपमा थाहा भएको घटनामा त राज्यले दोहोरो मापदण्ड अपनाउँछ भने योभन्दा ठूलो दण्डहीनताको नमूना अरू के हुन सक्छ ? यो एक वर्षबीच प्रकाशमाथि कारबाही हुनु त परै जाओस् प्रकाश उल्टै लाजिम्पाटमा तैनाथ डिएसपीको बर्दी लाएर फेसबुकमा फोटो हाल्दै सभ्य समाजलाई मलाई कसले के गर्न सक्छ भन्ने शैलीमा चुनौती दिँदै बसेका छन् । बीनालाई सँगै लिएर भोजभतेर र साथीहरूसँग रमाइलो गरिरहेछन् । तर राज्य ! देखेको नदेख्यै गरेर आँखामा पट्टी बाँधेर बसेको छ । -जनआस्थाबाट

Categories
Tags

Related Posts

No comments:

Leave a Reply