LATEST NEWS

यसरी गरिएछ काका भतिजीको हत्या

Posted by Nepali Blogger ~ Sunday, July 26, 2015



हत्या अभियोगमा तीनजना पक्राउ 

गुल्मी - गुल्मीको पिपलधारा गाविसमा दुई व्यक्तिको हत्या अभियोगमा तीनजना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पिपलधारा गाविस–८ निवासी ४४ वर्षीय नारायण मुखिया, २१ वर्षीय बासुदेव जिसी र सोही गाविस ५ निवासी ४० वर्षीय बिष्णुबहादुर मुखिया रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

उनीहरुले गत बिहीबार सोही गाविस–८ निवासी ३८ वर्षीय बेलवहादुर मुखिया र १८ वर्षीया सीता मुखियालाई हत्या गरेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले युवाहरुसहित आइतबार घटना विवरण सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पतिसँग अलग भएर माइत बस्दै आएकी सीतासँग सुतिरहेका बेलवहादुरलाई उनका दाजु नारायणले चिर्पटले हानी हत्या गरेका खुलेको छ । 

त्यसपछि सीतालाई मुख छोपी उनकै चुन्नीले घाँटी थिचेर हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । दुबैको एकै ठाउँमा हत्या गरेपछि घटना लुकाउन सीतालाई खनियाँको रुखमा चुन्नीको पासो लगाई झुण्डाइएको थियो । बेलबहादुरको शव भने सोही रुखमुनि फालिएको अवस्थामा फेला पारिएको थियो । प्रहरीले घटनाका मुख्य अभियुक्त मृतक बेलबहादुरका सहोदर दाजु नारायण मुखिया रहेको हुनसक्ने जनाएको छ । 

दाजुभाइबीच सम्वन्ध राम्रो नभएकाले पटक पटक झगडा हुने गरेको बताइएको छ । पक्राउ परेका तीनै अभियुक्तलाई हिरासतमा राखी घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताए ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply