LATEST NEWS

पारस शाह अस्पताल भर्ना मुटुमा समस्या देखियो

Posted by Nepali Blogger ~ Sunday, July 26, 2015



काठमाडौं - मुटुमा समस्या देखिएपछि पुर्व युवराज पारस शाह आइतबार मध्यान्ह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । थाइल्यान्डमा रहँदा हृदयघात भएर लामो उपचार गरेपछि बाँच्न सफल पारसलार्इ पुन: मुटुमा समस्या देखिएपछि उपचारका लागि नर्भिकमा भर्ना गरिएको हो । 

पारसको स्वास्थ्य जाँचपछि भरत रावतसहितका नर्भिकका चिकित्सकहरुले उनको मुटुमा पेस मेकर राख्नुपर्ने सल्लाह दिएका स्रोतले जानकारी गराएको छ। चिकित्सकको सल्लाहअनुसार मुटुमा पेस मेकर राख्नका लागि पारस नर्भिकमा भर्ना भएका हुन् । उनको मुटुमा नर्भिकका चिकित्सकले आजै राति या सोमबार बिहान पेस मेकर राख्ने तयारी गरेका छन् । पारस शाह आइतबार मध्यान्ह छोरा हृदयन्द्रलार्इ लिएर नर्भिक पुगेका थिए । २०७१ चैतमा थाइल्यान्डबाट नेपाल फर्केका पारस अहिले पनि एक्लै बस्दै आएका छन् । 

तीन वर्षसम्म थाइल्यान्ड बस्ने क्रममा पारसलार्इ हृदयघात हुँदा लामो समय उपचार गरिएको थियो । थाइल्यान्डमा रहने क्रममा पटक पटक विवादमा पर्दै आएका पारस चैतमा नेपाल फर्केपछि पहिलो पटक स्वास्थ्यमा समस्या देखिएको हो ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply