LATEST NEWS

जागिर लगाइदिने भन्दै ठग्ने पक्राउ

Posted by Nepali Blogger ~ Saturday, July 11, 2015



काठमाडौँ - गृहमन्त्रालयमा खरिदार बनाइदिने भनी ठग्ने काठमाडौंको गोलढुङ्गाका राजकुमार चापागार्इं प्रहरीको फन्दामा परेका छन् । बालुवाटार बस्ने निलिमा महर्जन र आकृति डङ्गोललाई गृहमन्त्रालयको खरिदारमा स्थायी नियुक्ति दिलाइने भन्दै चार लाख लिई ठगी गर्ने चापागार्इंलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । 

चापागाईं यसअघि पनि विभिन्न व्यक्तिलाई जागिर लगाइदिन्छु भन्दै ठगी गरेकामा महाशाखाबाट गत वर्ष चैत ९ गते पक्राउमा परी पछि धरौटीमा रिहा भएका थिए । जागिर दिने विश्वास दिलाउन सिंहदरबारभित्र अर्थमन्त्रालयको क्यान्टिन, लोकसेवा आयोगको भवन र गृहमन्त्रालयसम्म पीडितलाई पुर्‍याई कर्मचारीको नक्कली सञ्चयकोष परिचयपत्रसमेत बनाई विश्वासमा पारी खरिदारमा नियुक्ति दिने प्रलोभन दिएको अनुसन्धानका क्रममा खुल्न आएको छ । 

चापागार्इंले स्वास्थ्य मन्त्रालयको रिसेप्सनिस्ट बनाइदिने भनी काठमाडौँकी सृष्टि रञ्जितबाट २५ हजार, मकवानपुर, हेटौँडा बस्ने सुदिप पाण्डेबाट एक लाख ७१ हजारसमेत लिएको खुलेको छ । उनी विरुद्धको ठगी मुद्दामा थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । रासस

Categories
Tags

Related Posts

No comments:

Leave a Reply