LATEST NEWS

विद्यार्थीसँग यौनसम्बन्ध राख्ने शिक्षिकालाई कैद सजाय

Posted by Nepali Blogger ~ Saturday, July 11, 2015

साल्टलेक सिटी, असार २६ (एजेन्सी) – अमेरिकी अदालतले एक पूर्व हाईस्कुलकी शिक्षिकाले तीन नाबालिग छात्रमाथि यौन शोषण गरेको फैसला सुनाएको छ । उनीमाथि ३० सालको सजाय हुनसक्ने अनुमान लगाइएको छ । ३६ वर्षकी ब्रायन एल्टिस साल्टलेक सिटीस्थित एक हाईस्कुलमा अंग्रेजी शिक्षक थिइन् । उनीमाथि स्कुलका १६ देखी १७ वर्षका तीन छात्रसँग यौनसम्पर्क राखेको आरोप थियो । अदालतमा सुनुवाईका क्रममा ब्रायनले रोएर दयाको भिख मागेकी थिइन् । अमेरिकामा नाबालिगसँग यौन सम्पर्क राख्नुलाई ठूलो अपराध मानिन्छ । 



 जमानतका क्रममा पनि यौन सम्बन्ध 

अदालतका अनुसार ब्रायनले एक १६ वर्षीय तथा दुई १७ वर्षका किशोरसँग सम्बन्ध राखेकी थिइन् । सुनुवाईका दौरान सुरुआतमा उनलाई जमानतमा छाडिएको थियो । तर जमानतमा रिहा भएपछि उनले फेरि एक किशोरसँग सम्बन्ध राखिन् । यसको जानकारी प्राप्त भएपछि प्रहरीले फेरि उनलाई पक्राउ गरेको थियो । पिडित युवककी आमाले अदालतमा शिक्षिकाको यस्तो हर्कतले आफ्नो छोरालाई कति नोक्सान पुग्यो भन्ने आँकलन उनलाई नभएको बताइन् । उनले थुप्रै युवकलाई पिडा दिने काम गरेकी थिइन् । ब्रायनले भने पिडित स्कुले बालकहरुले सधैँ उनको पिछा गरेर उल्टै उनलाई जिस्क्याउने गरेको बताएकी थिइन् । न्यायाधिसले शिक्षिकाले किशोरहरुको यस्तो चर्तिकलामा ध्यान नदिएर आफ्नो काम गर्नुपर्ने बताए । 

न्यायाधिसले ब्रायन किशोरहरुको जिस्क्याईलाई लिएर बहकिएको र उनले त्यसक्रममा युवकहरु नाबालिग र आफू वयस्क रहेको तथ्य भुलेको बताएका छन् । यता, दुई किशोरका अभिभावकले स्कुललाई समेत मुद्धा हालेका छन् । उनी हरुले शिक्षिकाको चर्चिकला थाहा हुदाँ हुदैँ पनि विद्यालयले कुनै कारबाही नगरेको भन्दै मुद्धा दायर गरेका हुन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply