LATEST NEWS

एमाले सभासद्का चालकले काग्रेंस सभासद्को एक लाख यसरी चोर्यो

Posted by Nepali Blogger ~ Tuesday, July 28, 2015

काठमाडौं - संविधानसभा भवनको कडा सुरक्षा घेराभित्र काग्रेंस सभासद् मनमोहन भट्टराईको एक लाख रकम चोर्ने एमाले सभासद्का चालक भएको पत्ता लागेको छ । आइतबार कांग्रेस सभासद् भट्टराईको रकम चोर्ने एमाले सभासद् उदय नेपाली श्रेष्ठका चालक राजगोपाल महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली काग्रेसको तर्फबाट काठमाडौंबाट समानुपातिक कोटामा सभासद् बनेका मनोमहन भटट्राईले आइतबार हिमालय बैंक बानेश्वर शाखाबाट साथीसँग सापटी मागेर झिकेको एक लाख रुपैयाँ संविधानसभा भवन भित्रबाट चोरी भएको थियो ।



साथीसँग सापटी मागेर ल्याएको रकम हराएपछी सभासद् भट्टराईले चोरी भएको रकम फिर्ताको माग गरेका थिए । रकम चोरी गर्ने महर्जनलाई संविधानसभा कार्यदल प्रहरीले पक्राउ गरी आवश्यक कारबाहिका लागी रकम सहित बानेश्वर प्रहरी बृत्तमा बुझाएको कार्यदलका प्रहरी निरीक्षक दितेन्द्र पञ्जियारले बताएका छन् । बानेश्वर बृत्तका डिएसपी दानबहादुर कार्कीले सभासद्ले भट्राईको रकम चोरी गर्ने ललितपुरको मालीगाउँ घर भएका मर्हजन विरुद्ध मंगलबार चोरी गरेको अभियोगमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट तिन दिनको म्याद थप गरिएको बताएका छन् ।

संविधानसभा भवनको कम्पाउण्ड भित्र पार्किङ गरेको सभासद् भट्टराइको बा १२ च ३२५२ नम्बरको अल्टो गाडिबाट उक्त रकम चोरी भएको थियो । संविधान सभा कार्यदल प्रहरीले सिसी क्यामराका आधारमा रकम चोरी गर्ने मर्हजनलाई पक्राउ गरिएको कार्यदलका प्रनि पञ्जियारले बताए । सभासद भछ्टराईले आफ्नो रकम चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेकोमा प्रहरीलाई धन्यवाद दिएका छन् । चोरी भएको रकम सहित प्रहरीले चोर पक्राउ गरेको खबरले खुसी भए सभासद भट्राइले भने, तर मैलै मर्हर्जन विरुद्ध मुद्धा नहाली क्षमा दिएको छु । प्रहरीले के के गर्यो त्यो मेरो विषय हैन उनले भने ।

यता बानेश्वर बृत्तका डिएसपी कार्कीले भने संविधानसभा कार्यदलबाट लिखित रुपमा चोरलाई बानेश्वर बृत्तमा बुझाएकाले कानुन अनुसार मुद्धा दर्ता गरी कार्वाही अगाडी बढाइएको जानकारी दिएका छन् । सभासद् भट्राईले मर्हजनलाई क्षमा दिएको विषयमा डिएसपी कार्कीले चोरलाई कारवाही गर्नु प्रहरीको कर्तव्य भएको बताए ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply