LATEST NEWS

प्रचण्डले हिन्दूराष्ट्रका पक्षमा यसरी यू टर्न लिँदैछन् !

Posted by Nepali Blogger ~ Tuesday, July 28, 2015

काठमाडौं - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब कुनै पनि मुद्दा र एजेण्डाहरूले संविधान निर्माण प्रक्रिया नरोकिने बताएका छन् । काठमाडौंस्थित आफ्नै निवासमा आज पत्रकारसँग कुरागर्दै उनले नेपाली जनताले आफूहरूले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासन प्रणालीको पक्षमा मत दिनु आफूहरूकोलागि खुसीको कुरा भएपनि यही कारणले संविधान निर्माणलाई रोक्ने पक्षमा नरहेको बताए । 



अध्यक्ष दाहालले भने, ‘हामीले छलफलमा प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा जोड दिएका छौं । मिले ठीकै छ । नमिले पनि मुलुकलाई संविधान चाहिएको छ । यसै कारणले संविधान निर्माण रोक्ने पक्षमा छैनौ ।’ मधेसवादी दल र संविधानसभा बाहिरका दलहरुले उठाएका मुद्दा र सीमांकनसहितको संविधान जारी गर्ने विषयमा आफूहरू छलफलमा रहेकोले त्यो माग सम्बोधन हुनेमा आफू आशावादी रहेको उल्लेख गर्दै उनले नागरिकताको विषयमा रहेको विवादमा पनि केही स्पष्ट पारेर जाने गरी कुरा भइरहेको जानकारी दिए । सिमाङ्कनसहितको संविधान जारी हुने सम्भावना छ त भन्ने प्रश्नमा उनले थपे आफू त्यही पक्षमा रहेको र सिमाङ्कनसहितको संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा दृढतापूर्वक उभिएको स्पष्ट पार्दै तर त्यसलाई सर्तकै रुपमा भने नराख्ने बताए । 

दाहालले भने, ‘आमा वा बुवा भन्नुपर्छ । विदेशबाट आएकी बुहारीका छोराछोरीलाई बंशजको आधारमा नागरिकता दिनुपर्छ । यो विषयमा प्रमुख दलवीच सैद्धान्तिक सहमति भइसकेको छ ।’ उनले अगाडि भने, ‘राज्यको धर्म हुँदैन, उ धर्म बाहिर हुन्छ र राज्यले धार्मिक स्वतन्त्रताको सम्मान गर्छ भन्ने अर्थमा धर्मनिरपेक्षता भनिएको हो । अब जनताको मनोभावना बुझेर धर्मको विषयमा पनि शब्द संयोजन गरेर सबैलाई मिलाएर चित्त बुझाउने खाल्को बनाउने छौं ।’ उनले समानुपातिकको संख्या घटाउने बढाउने नहुने, बार्ड अध्यक्ष र गाविस अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने, आवश्यकता हेरेर थ्रेस होल्ड राख्ने काम जनताको सुझाव अनुसार हुने समेत बताए । 

कांग्रेसलाई मोह भएकोले संसदीय व्यवस्था लेखिए पनि नेपालमा संसदीय व्यवस्था नभएको स्पष्ट पारे । उनले २ वर्षसम्म अविश्वासको प्रस्ताव राख्न नपाउने, तल्लो सदनमा समानुपातिक प्रतिनिधित्व हुनेले संसदीय व्यवस्थाभन्दा फरक व्यवस्था भइसकेको तर्क गरे ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply