LATEST NEWS

‘नेपाल हिन्दु राष्ट्र हुने’ चर्चा

Posted by Nepali Blogger ~ Wednesday, July 29, 2015

काठमाडौं, श्रावण १३ - संविधानको मस्यौदामाथि जनताले दिएका सुझावसहितको प्रतिवेदन संविधानसभामा बुझाइ सकेको अवस्थामा संविधानसभाले जनताका के–कस्ता सुझावलाई महत्व दिन्छ भन्ने चासो स्वाभाविक रुमपा सर्वत्र देखिएको छ । तर यति नै बेला केही भारतीय मिडियाले भने नेपाल फेरि ‘हिन्दु राष्ट्र’ हुने भयो भन्ने समाचारलाई निकै प्राथमिकता दिएका छन् ।

भारतीय अखबारहरु जागरण, प्रातःकाल, प्रभातखबर, जनसत्ता दैनिकका अनलाइन संस्करणसहित आइबीएन खबर लगायतका केही विद्युतीय संचारमाध्यमले नेपालबाट ‘धर्मनिरपेक्षता’ हटाउन यहाँका राजनीतिक दलहरु भित्रीरुपमा सहमत भएको समाचार सार्वजनिक गरेका हुन् । भारतीय संचारमाध्यमले केही दिनअघि एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ‘धर्मनिरपेक्षता’ का कारण विवाद बढेको भन्दै दिएको प्रतिक्रियालाई पनि एउटा आधारका रुपमा प्रस्तुत गरेका छन् ।

दाहालले ‘धर्मनिरपेक्षता’ शब्दले विवाद बढाएको भन्दै त्यसबारे पुनर्विचार गर्नुपर्ने बताएका थिए । यद्यपी उनले धार्मिक स्वतन्त्रता सहितको व्यवस्था राखिने भने पनि हिन्दु राष्ट्र स्थापना हुने भन्नबारे खुलेर केही बताएका थिएनन् । संविधानको मस्यौदामा सुझाव दिने क्रममा अधिकांशले हिन्दु राष्ट्रको पक्षमा सुझाव दिएको भन्ने चर्चा चलिरहँदा भारतीय संचारमाध्यमले एकसाथ ‘नयाँ संविधानमा नेपाल फेरि हिन्दु राष्ट्र हुने’ भन्दै समाचार प्रकाशन/प्रशारण गरेका हुन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply