LATEST NEWS

सम्बन्ध-बिच्छेद गर्नेको संख्या दुई गुणाले बढ्यो !

Posted by Nepali Blogger ~ Wednesday, July 29, 2015

पर्सा, १३ साउन– वैदेशिक रोजगारले एकातिर मुलुकमा विप्रेषण भित्र्याएको छ भने अर्कोतिर यसले गर्दा श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई प्रभावित गरेको छ । मुलुकमा रोजगार नपाएर परिवारको भरणपोषणका लागि विदेश जाने क्रमसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत स्खलन आएका कारण सम्बन्ध-बिच्छेद गर्ने क्रम बढ्दोछ । 

कम उमेरमा विवाह र वैदेशिक रोजगारका कारण प्रतिवर्ष दोब्बरका दरले पर्सामा सम्बन्ध-बिच्छेद भएको पर्सा जिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ । divorceजिल्ला अदालतले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७०÷०७१ मा ६० दम्पतीले सम्बन्ध-बिच्छेदका लागि निवेदन दर्ता गराएको तुलनामा आव २०७१÷०७२ मा सो सङ्ख्या बढेर १३३ दम्पती पुगेको छ । यो सङ्ख्या २०७०÷०७१ को तुलनामा २२१ प्रतिशतले बढी रहेको पर्सा जिल्ला अदालतका तहसिल्दार शम्भुकुमार बस्नेतले जानकारी दिए । 

उनले तराईका युवायुवतीबीच कम उमेरमा विवाह हुनु र वैदेशिक रोजगारमा दुई तीन वर्ष बिताई स्वदेश फर्किएपछि श्रीमान् श्रीमतीको चित्त नमिलेका कारण सम्बन्ध-बिच्छेद गर्ने चलन बढ्दो रहेको बताए । रोजगारका लागि विदेश जाने युवा दुई तीन वर्षपछि स्वदेश फर्किने र श्रीमतीको आचरण माथि शङ्का गर्नु, श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध स्थापित हुनुजस्ता कारणले गर्दा पर्सामा सम्बन्ध-बिच्छेद गर्ने चलन बढी रहेको तहसिल्दार बस्नेतको तर्क रहेको छ । 

लामो समयसम्म श्रीमान् श्रीमती अलग बस्नु र घरेलु हिंसाको घटनामा समेत वृद्धिले पनि सम्बन्ध-बिच्छेदलाई बढाएको समाजसेवीहरुको भनाइ रहेको छ । सम्बन्ध-बिच्छेदको बढ्दोक्रमलाई रोक्न तराईमा रहेको बालविवाह तथा दाइजोप्रथा अन्त्य गर्नुका साथै श्रीमान् श्रीमतीबीच विश्वासिलो वातावरण आवश्यक रहेको समाजसेवीको भनाइ रहेको छ । रासस

Categories
Tags

Related Posts

No comments:

Leave a Reply