यी हुन् टाटु हान्ने मोडल तथा नायिका
टाटु हान्नु पश्चिमा समाजका लागि जीवनको एक महत्वपूर्ण पक्ष हो । त्यहाँ यो विषयलाई सामान्य रुपमा लिइन्छ । आफ्नो वक्षस्थलदेखि शरीरका विभिन्न स्थानमा टाटु हान्नुलाई उनीहरु आकर्षणको रुपमासमेत लिन्छन् । तर, नेपाली समाजमा भर्खरैमात्र विकास भएको यो परम्परा सबै सर्वसाधारण जनताका लागि स्वभाविक छैन ।
किन कि हाम्रो समाजले अझैसम्म पनि त्यसलाई सकारात्मक रुपमा लिन सकेको छैन । तर, पनि केही मोडल तथा अभिनेत्रीहरुले यसलाई फेसन र शोखको रुपमा प्रयोग गर्दै आइरहेका छन् । हेरौँ यसैक्रममा नायिका तथा मोडल सुष्मा कार्की, प्रियंका कार्की, करिश्मा मानन्धर, जिया केसी, शशी खड्का, अरुणिमा लामा लगाएतकाको टाटुको केही झलक ।

No comments: