LATEST NEWS

नेपाल प्रति माया नहुनेलाई नागरिकता दिनु हुँदैन

Posted by Nepali Blogger ~ Wednesday, July 29, 2015



काठमाडौं, श्रावण १३ - सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल र नेपालीप्रति माया नहुनेहरुलाई नागरिकता दिन नहुने बताएका छन् । कुमाल समाज सुधार समितिले बुधबार राजधानीमा गरेको कार्यक्रममा उनले विदेशमा बस्ने र विदेशीहरुको सेवा गर्नेहरुलाई नागरिकता दिनुको कुनै औचित्य नहुने बताए । 

नागरिकता बाँड्दैमा कुनै देश सम्बृद्ध नहुने भन्दै मन्त्री पण्डितले विदेशमै बस्न चाहिरहनेहरुलाई नागरिकता दिन नहुने बताए । कार्यक्रममा मन्त्री पण्डितलाई कुमाल समुदायबाट पहिलो पटक राज्यको उच्च तहमा पुगेको भन्दै सम्मान गरिएको थियो ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply