LATEST NEWS

अस्पतालमा कुरुवा बस्दा आखिर के भने पारसले हिमानीलाई ?

Posted by Nepali Blogger ~ Wednesday, July 29, 2015



काठमाडौं, १३ साउन - पूर्व युवराज पारस शाह मुटुको सफल उपचारपछि बुधबार दिउँसो नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । आइतबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका पारसको मुटुमा पेस मेकर राखिएपछि डिस्चार्ज भएका हुन् ।अस्पतालबाट आफैंले गाडी चलाएर पारस बाहिरिएका थिए । रातो सर्ट र कालो चश्मा लगाएका उनी प्रफुल्लित मुद्रामा देखिएका थिए । 

स्रोतका अनुसार अस्पतालबाट उनी निर्मल निवास नगई धीरेन्द्रकी छोरी शितास्माको घरमा गएका छन् । अस्पताल आउनुअघि पनि उनी शितास्माकै घरमा थिए । नर्भिकका चिकित्सक भरत रावतसहितको टोलीले पारसको मुटुको धड्कन सामन्य गतिमा चल्न दिनका लागि आइतबारै पेस मेकर राखिदिएका थिए । अस्पतालबाट डिस्चार्ज भएपनि उनलाई लिन भने राजपरिवाट कोहिँ पनि आएका थिएनन् । अस्पतालमा पारस भर्ना हुँदा उनकी श्रीमती हिमानी शाह राभरी कुरुवा बसेकी थिइन तर डिस्चार्ज भएको बेला भने उनी अस्पतालमा देखा परेकी थिइनन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply