लाठी जुलुसमा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी
काठमाडौं, चैत १५ – भृकुटीमण्डपमा ३० दलीय मोर्चाका कार्यकर्ता जम्मा हुँदै थिए । मोर्चाका कार्यकर्ता हातमा लामा–लामा लौरा बोकेर जम्मा हुन थालेको देखेपछि प्रहरीहरु अगाडि बढेर थर्काउन थाले ‘लौरा बोक्न मिल्दैन है ।’ शुरुमा सानो संख्यामा रहेका आन्दोलनकारीलाई थर्काउँदै लौरा खोस्न थालेको प्रहरी एकाएक भीड बढेपछि केही ब्याक भयो । यस्तोमा मोर्चाका कार्यकर्ता भृकुटीमण्डपबाट सुन्धारातिर अगाडि बढ्यो ।
अगाडि ठुलो संख्यामा प्रहरीहरु थिए । प्रहरी अझैं फोर्स बढाउँदै थियो । जब मोर्चाका कार्यकर्ता भद्रकाली मन्दिर पुगे, उनीहरुलाई प्रहरीले रोकिहाल्यो । एक डिएसपी अगाडि बढेर भने ‘यहाँबाट उता जाने हिम्मत नगर्नुस ।’ त्यस्तोमा मोर्चाका एक कार्यकताले सोधे ‘किन सडकमा तपाईंको मात्रै हक लाग्छ ?’ ‘त्यस्तो हैन, हामीलाई माथिबाट छेक्ने आदेश आ’ छ ।’ त्यस्तोमा मोर्चाका अर्का एक कार्यकर्ताले भने– ‘छेक्ने कुरा छाड्नुस, नदीले त निकास खोज्छ हामी आन्दोलनकारी हौं ।’
त्यसपछि माओवादी नेता जनार्दन शर्माले प्रहरीलाई ‘तपाईंहरु हट्नुस’ भन्दै घेरा तोडे । उनलाई केही अगुवा कार्यकर्ताले पछ्याए । छ लाईनको प्रहरी घेरा एकैछिनमा तोड्न सफल भए मोर्चाका कार्यकर्ता । यस्तोमा प्रहरी हेरेको हे¥यै भए । भद्रकाली मन्दिरबाट प्रहरीलाई ठेल्दै अगाडि बढेको मोर्चाले विर हस्पिटलसँगैको चोकमा कोणसभा गरेर भने ‘बन्दुकका कुन्जा देखाउँदैमा हामी छेकिन्नौं किनकी सडक जनताको हो ।’




No comments: