LATEST NEWS

आन्दोलनलाई थप सशक्त बनाउने प्रण्चण्ड मोर्चाको निर्णय

Posted by Unknown ~ Sunday, March 29, 2015

काठमाडौ चैत १५ –सत्तापक्ष वार्ताप्रति सकारात्मक नरहेको भन्दै ३० दलीय गठबन्धनले आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ । आज सिहदरवारमा बसेको गठबन्धनका शीर्षस्थ नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।



बैठकमा एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले सत्ताधारी दलहरुसँग यो बीचमा भएको बार्ता तथा चीन भ्रमणको बारेमा ब्रिफिगं गर्दै सत्ताधारी दलहरु मुखले मात्र वार्ता वार्ता भनिरहेको तर भित्रै मनदेखि वार्ताप्रति सकारात्मक नरहेको बताएका थिए । प्रधानमन्त्री सुशिल कोइरालासँग कुरा गर्दा सबै कुरा मिलेको जस्तो लाग्छ तर पछि कहाँबाट विग्रन्छ भन्दै हिजो विहान प्रधानमन्त्री कोइरालासँग भएको भेटमा केही दिनका लागि सविधानसभा सुचारु नगर्ने र यस विषयमा आफूले सविधानसभाका अध्यक्ष सुवास नेम्वागंसँग कुरा गर्ने भनेको तर आज अध्यक्ष नेम्वागंले नै चैत २३ गतेका लागि सविधानसभाको बैठक बोलाएको प्रति आश्चर्य प्रकट गरेका थिए । 

उनले चीन संघीयताको पक्षमा नरहेको नेपालीहरुको भ्रम गलत रहेको भन्दै चीन पनि नेपाल संघीयतामा जओस् शान्ति स्थापना होस् र सहमतिमा सविधान निर्माण होस् भनि चाहेको कुरा बैठकमा राखेका थिए । चीनमा विभिन्न राजनीतिक दलका नेता तथा त्यहाँ अन्य व्यक्तित्वहरुसँग कुराकानी गर्दा नेपालमा संघीयता हुनुपर्नेमा सबैको जोड थियो तर नेपालमा चीन संघीयता नै नचाहेको हल्ला फिजाइरहेको प्रति अध्यक्ष प्रचण्डले अश्चर्य प्रकट गरेका थिए । अध्यक्ष नेम्वाङले चैत २३ गते सविधानसभाको बैठक बोलाउने बारे गरेको घोषणाको बैठकले विरोध गरेको छ । 

‘नेम्वाङले घोषणा गरेको सविधानसभाको बैठकले सहमतिको वतावरण विगारेको ठहर गरेको छ,” तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले भने,’ नेवाङ्गको यो कदमलाई हामीले कडा रुपमा विरोध गरेका छौ ।’ उनले पछिल्लो समय सत्ताधारी व्यवहारमा नरम भएपनि भित्रि रुपमा कडा हुँदै आएको पनि बैठकमा विश्लेषण भएको बताउँदै सत्ताधारी दलको तर्फबाट सहमतिमो वतावरण विग्रेको बताए । आज प्रधानमन्त्री कोइराला र मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारबीच भेटघाट भएको थियो । 

भेटघाटमा प्रधानमन्त्री कोइरालाले सहमतिको वतावरण बनाउन केही दिन समय चाहियो त्यति दिनका लागि आन्दोलनका कार्यक्रम ३० दलीय गठबन्धनबाट रोक्न लगाउन आफूलाई आग्रह गरेको कुरा अध्यक्ष गच्छदारले बैठमा राखेको अध्यक्ष यादवले बताए । सहमतिको वतावरण सत्ताधारी दलहरुबाट नै विग्रि रहेको र त्यसमा सुधार गरेर आए ३० दलीय गठबन्धन वार्तामा बसेर टुगों लगाउन तयार रहेको कुरा आफूले प्रधानमन्त्रीलाई भनेको र उनले पनि केही दिन अझै सविधानसभा स्थगित गरेर वार्ता र छलफलबाट सहमति खोज्ने प्रयास हुने भनेको तर आजै नेम्वागंले सविधानसभाको बैठक बोलाउने घोषणा गरेको प्रति आफू चित्त नबुझेको कुरा बैठकमा राखेको बताइन्छ । 

१९ गते नेपाल बन्दका कार्यक्रम यथावत् राख्ने निर्णय गर्दै सो दिन पर्सा जिल्लाको वीरगञ्जमा जैन धर्मालम्बीहरुको कार्यक्रमलाई कुनैपनि अवरोध नगर्ने निर्णय गरेको राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले बताए । बन्दका दिन जैन धर्मालम्बीहरुको गाडीलगायत अन्य कुनै पनि कार्यक्रमलाई रोक टोक नगर्ने निर्णय भएको बताए । ३० दलीय गठबन्धनको बैठक भोली बस्दैछ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply