LATEST NEWS

जुनार बिक्रीबाट सात करोड आम्दानी

Posted by Anonymous ~ Tuesday, March 31, 2015




सिन्धुली, चैत्र १७ - सिन्धुलीमा यसवर्ष जुनार बिक्रीबाट ७ करोड आम्दानी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

रतनचुरा, बासेश्वर, तीनकन्या, जलकन्या, मधुवालगायतका गाविसबाट ७ करोड बराबरको जुनार बिक्री भएको बाली संरक्षण अधिकृत देवराज अधिकारीले जानकारी दिए ।

जुनार उत्पादन गर्ने यी क्षेत्रमा यातायात सुविधासमेत भएकाले रासायनिकमल, किटनाशक औषधि ढुवानी गर्न तथा उत्पादन भएका जुनारलाई बजारसम्म पुर्‍याएर बिक्री गर्न सहज हुँदा आम्दानी बढेको कृषि विकास कार्यालयले जनाएको छ ।

सिन्धुलीको प्रमुख नगदेबाली मानिने जुनार ८ सयदेखि १ हजार ४ सय मिटरको उचाई भएका क्षेत्रमा फल्ने गर्दछ । 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply