LATEST NEWS

शाहरुखले उछिने सलमानलाई

Posted by Anonymous ~ Tuesday, March 31, 2015


चैत्र १७ /बलिउडका तीन सुपरस्टार खानहरुका बीच प्रायः सबै कुरामा प्रतिस्पर्धा हुन्छ । कसले धेरै पारिश्रमिक लिनेदेखि कसको फिल्मले बढी पैसा कमाउनेसम्म प्रतिस्पर्धा भइरहन्छ । पछिल्लो समय भने यो प्रतिस्पर्धा टि्वटरमा समेत देखिएको छ । टि्वटर फलोअरको प्रतिस्पर्धामा शाहरुखले सलमान र आमिरलाई उछिनेका छन् । मंगलबार टि्वटरमा शाहरुखका फलोअरको संख्या १२ मिलियन (१ करोड २० लाख) पुगेको छ ।
सलमानका फलोअर ११. २ मिलियन छन् भने आमिरका फलोअर ११.९ मिलियन छन् । यी तीनै खानभन्दा माथि चाहिँ अमिताभ बच्चन छन् । बच्चनका फलोअर १३.९ मिलियन छन् । 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply