केपी ओलीको मगज सपार्न यूवा दस्ताः आङकाजी
काठमाडौं - संघीय समाजवादी पार्टी नेपालका स्थायी समिति सदस्य आङकाजी शेर्पाले केपी ओलीमो मगज विग्रीएको पुष्टि भएको दाबी गरे । शेर्पाले ओलीको विग्रिएको मगज वैशाख १५ पछि आदिवासी यूवा दस्ताले ठिक पार्ने चेतावनी समेत दिए । राजधानीमा आयोजित शेर्पा भेलालाई संवोधन गर्दै आदिवासी नेता समेत रहेका शेर्पाले ‘केपी ओलीको मृगौला विग्रिएको थाहा भएपनि दिमाग विग्रिएको पनि पुष्टि भएका छ’ भने ।
शेर्पाले केपीको विग्रिएको मगजको उपचार गर्न ८० हजार पहिचान पक्षधर आदिवासी यूवा दस्ता गठन भएको र त्यसले ‘रामै्र’ उपचार गर्ने चेतावनी दिए । पहिचान संघीयको संघीयता स्थापित गर्ने आन्दोलनमा ‘मगज’ विग्रिएको केपी कमरेडको मात्रै हैन आदिवासी जनजातिको नामबाट सभासद् भएका पहिचान विरोधीहरुलाई समेत ठेगान लगाउने उनको भनाई थियो । गठित शेर्पा फोर्सले संविधान सभा भित्र छिरेरै भएपनि पहिचान विरोधी शेर्पा सभासद्लाई ठिक पार्ने समेत चेतावानी दिए । शेर्पा सभासद्हरु नै पहिचान बारे गलत वकालत गर्दै हिँड्ने गरेको आरोप लगाउँदै शेर्पाले यस्तो चेतावनी दिए ।
शेर्पा स्वायत्त प्रदेश अनिवार्य हुनुपर्ने माग राख्दै शेर्पाले आदिवासीहरुले जातिको नामबाट राज्य मागेको नभई पहिचान मागेको प्रष्ट पारे । पटक पटक प्रचण्डलाई आदिवासी अधिकार प्राप्तिको महानायब भन्न भ्याएका शेर्पाले स्वायत्त प्रदेशमा शेर्पा राज्य अनिवार्य गर्न प्रचण्डले खुट्टा कमाउन नहुनेमा जोड दिए । संविधान सभामा खसेको कुल ९४ लाख मत मध्ये आधा मत पहिचान पक्षधरसँग भएकाले केही मत देखाएर बल मिच्याई गरे कडा प्रतिरोध गर्ने उनको चेतावनी थियो ।
‘पहिचान प्राप्तिको आन्दोलनमा आफू मर्न परेपनि तयार रहेको बताउँदै गठित शेर्पा फोर्सले संविधान सभा भित्र छिरेर शेर्पाकै विरोध गर्ने शेर्पा सभासद्लाई ठिक पार्नुपर्ने सुझाव समेत दिए । कडा अभिव्यक्ति दिने पात्रको रुपमा चिनिने शेर्पाले शान्तिपूर्ण आन्दोलनबाट पहिचान स्थापित नभए पहिचान पक्षधरहरुले हतियार उठान समेत तयार हुनुपर्ने बताए ।
श्रोत: शेर्पा खबर

No comments: