प्रहरी मुख्यालयमै महिला इन्सपेक्टरको बलात्कृत
नेपालमा केही वर्षअगाडी हवल्दार सुन्तली धामीमाथि भएको बलात्कार घटनापछि फेरि महिला प्रहरी इन्सपेक्टरमाथि प्रहरी मुख्यालयमै बलात्कार भएको छ ।
उच्च अधिकारीले आफ्नो निवासमा बोलाएर प्रहरी हेडक्वाटरमा कार्यरत महिला इन्सपेक्टरको बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
यो घटना भारतको मध्यप्रदेशको हो ।
मध्यप्रदेशको भुपालमा हेडक्वाटरमा कार्यरत महिला प्रहरी इन्सपेक्टरलाई विहे गर्ने भन्दै प्लाटून कमाण्डर २९ वर्षीय राम दत्त पाण्डेयले आफ्नो निवासमा बोलाएर पटक पटक शारीरिक राखेका थिए ।
प्लाटून कमाण्डर पाण्डेय सागर जिल्लाको स्पेशल आर्म्ड फोर्स (एसएएफ) को एक बटालियनमा कार्यरत छन् ।
आरोपी कमाण्डर र पीडित इन्सपेक्टरबीच धेरैवर्ष अगाडी जागिरकै दौरान चिनजान भएको थियो ।
त्यो बेलादेखि कमाण्डर र इन्सपेक्टरबीच सम्बन्ध बनेको थियो । कमाण्डले विहे गर्छु भन्दै धेरै पटक इन्सपेक्टरसँग शारीरिक सम्बन्ध बनाएको थियो । खबरअनुसार दुबै एकसाथ लिभिङ टुगेदरमा पनि बसेका थिए ।
तर केही समययता कमाण्डर हराएपछि खोजी गर्दा अर्कै युवतीसंग विहे गरेको थाहा पाएपछि महिला इन्सपेक्टरले विहेको झुटो आश्वासन दिएर आफ्नो अस्मिता लुटेको भन्दै प्रहरी विभागमा उजुरी दर्ता गराएकी छिन् ।
कमाण्डरले महिला इन्सपेक्टर दलित भएकाले परिवारको दबाबमा अर्की युवतीसंग विहे गरेको जनाइएको छ । प्रहरी विभागमा उजुरी हालेपनि कमाण्डर अहिलेसम्म पक्राउ परेका छैनन् ।

No comments: