LATEST NEWS

छोराको मुक्काबाट बुवाको ज्यान गयो

Posted by Unknown ~ Saturday, March 28, 2015




धनगढी - धनगढी नगरपालिका–६ मटियारी गाउँमा गएराति छोराले हानेको मुक्काबाट बाबुले ज्यान गुमाएका छन् ।

रक्सीले मातेको सुरमा भएको झगडामा मटियारी गाउँका कुरु चौधरीले मुक्का प्रहार गर्दा उनका बुवा ५५ वर्षीय बालकृष्ण चौधरीबीच उपचारका क्रममा ज्यान गएको हो ।

छोराले कुट्दा घाइते भएका बालकृष्णको सेती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार झगडामा छोराको मुक्का प्रहारबाट मुख र घाँटीमा गम्भीर चोट लागेर बालकृष्ण गम्भीर घाइते भएका थिए ।

प्रहरीले कुरु चौधरीलाई नियन्त्रणमा लिएको छ । झगडा हुनुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । रासस 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply