LATEST NEWS

'प्रचण्डको हत्या कल्पना पनि गर्न सक्दिनँ'

Posted by Unknown ~ Saturday, March 28, 2015




काठमाडौं - एमाओवादी पोलिटब्यूरो सदस्य प्रभु साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हत्या याेजनाबारे आफूमाथि लागेको आरोप काल्पनिक र भ्रमाक भएकाे बताएका छन्।


आफूमाथि आरोप लागेकाे समाचार सार्वजनिक भए लगत्तै साहले अन्नपूर्ण अनलाइनसँग भने, 'यस्तो म कल्पना पनि गर्न सक्दिनँ।' एमाओवादीका दुर्इ केन्द्रिय सदस्यले शनिबार वीरगञ्जमा पत्रकार सम्मेलन नै गरेर साहले हत्याको योजना बनाएको आरोप लगाएका थिए।

पत्रकार सम्मेलनमा एमाओवादीका केन्द्रिय सदस्य एवम् सभासद्हरु अशोक जयसवाल र सत्यनारायण भगतले साहले अध्यक्ष प्रचण्डको हत्या गर्ने योजना बुनिरहेको खुलासा गरेका थिए ।

आफ्नै पार्टीका दुर्इ केन्द्रिय सदस्यहरुले लगाएको संगिन आरोपलार्इ साहले राजनीतिक सोच, संस्कार र संस्कृति नभएको कार्य भएको संज्ञा दिए ।

'यो राजनीतिक सोच,  संस्कार र संस्कृति नभएकोहरुको  कार्य हो', साहले भने, यो सुनेर  म स्तब्ध छू । यो कुरा म पार्टी केन्द्रीय कमिटिमा राख्छु ।'नेता साहले आफूले विगतमा, अहिले र भविष्यमा पनि त्यस्तो कुनै योजना नबनाएको र नबनाउने दाबी गरे । 'मेरो त्यस्तो कुनै योजना छैन', उनले भने, 'यो मैले सोच्नै नसक्ने र कल्पना बाहिरको कुरा हो ।' 

Categories
Tags

Related Posts

No comments:

Leave a Reply