LATEST NEWS

जसले ६१ वर्ष देखि नुहाएका छैनन्, पकाएको खाना समेत खाँदैनन्

Posted by Unknown ~ Saturday, March 28, 2015

एजेन्सी, -सुन्दा पनि अचम्म लाग्न सक्छ, कुनै मानिसले ६१ वर्षसम्म पनि ननुहाई बस्न सक्छ ? तर इरानका अमाउ हडजी नाम गरेका एक व्यक्तिले ६१ वर्ष देखि नुहाएका छैनन् । ८० वर्षिय उनले ६१ वर्षसम्म पनि नुहाएका छैनन् । घरबार विहिन उनी जहाँ कहिँ पनि सुतिदिन्छन् । 

उनको शरीरबाट निकै दुर्गन्ध आउने गर्छ । उनी बस्नका लागि प्रकृतिको काख नै मन पराउँछन् । ८० वर्षिय ती वृद्धले पकाएको खाने कुरा समेत खाँदैनन् । उनले धेरैजसो मरेका जनावरको मासु खाने गर्छन् । साथै उनले जनावरको मल समेत खाने गरेको वल्र्ड अब्जर्बर नाम पत्रिकाले लेखेको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply