LATEST NEWS

भारत विश्वकपबाट बाहिरियो, अष्ट्रेलिया फाइनलमा प्रवेश

Posted by Anonymous ~ Thursday, March 26, 2015



काठमाडौं, चैत १२– भारत विश्वकप क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । डिफेन्डिङ च्याम्पियन समेत रहेको भारत आयोजक राष्ट्र अष्ट्रेलियासँग ९५ रनले पराजित भएसँगै सेमिफाइनलबाटै बाहिरिएको हो । आइतबार सिड्नी क्रिकेट मैदानमा भएको भारतलाई गराएसँगै अब फाइनलमा अष्ट्रेलियाले न्यूजिल्याण्डसँगको भेट पक्का गरेको छ । घरेलु टोली अष्ट्रेलियाले दिएको ३ सय २९ रनको चुनौती पछ्याएको भारतले ४६.५ ओभरमा सबै विकेट गुमाएर २ सय ३३ रनमा समेटियो । राम्रो सुरुवात गरेको भारतले ७६ रन बनाउदा पहिलो विकेटको रुपमा ओपनर शिखर धवनलाई गुमायो । धवन ४५ रनमा हाल्जेवुडको बलमा क्याच आउट भए । त्यसपछि धर्मराएको भारतले उसका भरपर्दा ब्याट्सम्यान विराट कोहली, सुरेश रैनालाई सस्तैमा गुमायो । कोहली १ रनमै पभेलियन फर्किएपछि भारतले सुरेश रैनालाई पनि सात रनमै गुमायो । पाचौं विकेटका लागि कप्तान धोनी र अजिन्क्या राहणेले ७० रनको साझेदारी गर्दै पारी सम्हाल्ने कोसिस गरे । उसका लागि कप्तान महेन्द्र सिंह धोनीले ६५ अर्धशतकीय पारी खेले । यस्तै उसका अजिन्क्या राहणेले ४४ तथा रोहित शर्माले ३४ रन जोडे । अष्ट्रेलियाका लागि जेम्स फकुल्नरले तीन तथा मिचेल जोन्सन र मिचेल स्टार्कले समान दुई–दुई विकेट लिए । यसअघि अष्ट्रेलियाको सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा खेलमा ७ विकेटको क्षतिमा ३ सय २८ रन बनायो । उसका लागि स्टेभन स्मिथले शतकीय पारी खेले । ९३ बलको सामना गरेका उनले ११ चौका र दुई छक्काको मद्दतमा १ सय ५ रन जोडे । यस्तै आरोन फिन्चले ८१ रन जोडे । मिचेल जोनसनले ९ बलमा अविजित २७ रन जोडे । भारतका लागि उमेश यादवले चार विकेट लिए । यस्तै मोहत शर्माले दुई विकेट हात पारे । प्रतियोगिताको उपाधिका लागि दुई आयोजक राष्ट्र अष्ट्रेलिया र न्यूजिल्याण्ड आइतबार भिड्ने छन् । न्युजिल्याण्ड दक्षिण अफ्रिकालाई ४ विकेटले हराउँदै फाइनलमा पुगेको थियो ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply