वैद्य माओवादी र नेकपा एकीकृत एक हुने
काठमाडौं - मोहन वैद्य नेतृत्वको नेकपा माओवादी र परी थापा नेतृत्वको नेकपा एकीकृतबीच एकीकरण हुने भएको छ । वैद्य माओवादीको केन्द्रीय कार्यलय बुद्धनगरमा बिहीबार बसेको दुर्इ पार्टीका शीर्ष नेताको बैठकले पार्टी एकताका लागि वार्ता समिति बनाएको छ ।
बैठकपछि निकालिएको संयुक्त विज्ञप्तीमा एकताका लागि भएका पटक पटकका छलफलपछि मालेमावाद, नयाँ जनवाद, जनविद्रोह, जनवादी केन्द्रीयता र तात्कालीक कार्यनीतिबरे समान धाराणा बनेपछि एकताको निष्कर्ष निकालिएको जनाइएको छ ।
दुबै पार्टीको वार्ता समितिमा नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा र सचिव देव गुरुङ रहेका छन् । नेकपा एकीकृतबाट परी थापा, रामसिंह श्रीस, सिताराम तामाङ र केबी गुरुङ सदस्य छन् ।

No comments: