LATEST NEWS

घडेरी बेचेरै भएपनि बलात्कारी छुटाउने धम्की

Posted by Unknown ~ Wednesday, March 25, 2015



पोखरा, चैत ११–घर नजिकैको पसलमा चकलेट किन्न गएकी बालिकालाई बलात्कार गर्ने आरोपीका आफन्तले पीडितका परिवार तथा अधिकारकर्मीहरुलाई धम्की दिन थालेका छन् । फागुन २१ गते लेखनाथको भरतपोखरीकी चार वर्षिया बालिकालाई सोही ठाउँका ५९ वर्षिय जीत बहादुर बस्नेतले बलात्कार गरेकोमा पीडकका आफन्तले धम्की दिन थालेका हुन् ।

पीडकका आफन्तले अधिकारकर्मीलाई फोन नै गरेर एउटा घडेरी बेचेरै भए पनि प्रहरीको थुनाबाट बस्नेतलाई मुक्त गरिने भएकाले चर्का कुरा गर्दै नहिँड्न धम्की दिएको अधिकारकर्र्मी विना सिलवालले बताइन् । उनले आफूहरु पीडितको पक्षमा लड्दा धम्की आउँछ भने प्रहरी प्रशासन बेलैमा यसमा चनाखो हुनु जरुरी रहेको बताइन् । बस्नेतले सेती किनारमा लगेर बालिकालाई जबरजस्ती गरेका थिए । बलात्कारपछि गम्भीर रहेकी बालिकाको तत्कालै पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शल्यक्रिया गरिएको भए पनि अहिले फेरि घाउ बल्झिएका कारणले स्वास्थ्य अवस्था कमजोर हुँदै गरेको छ ।

उनलाई मंगलबार पुन अस्पतालमा परीक्षण गरिएको महिला तथा बालबालिका कार्यालयकी प्रमुख लक्ष्मी जीसीले बताइन् । गुप्तांगमा ठूलै घाउ भएको र रक्तश्राब नरोकिएपछि त्यतिबेला शल्यक्रिया गरिएको थियो । उपचार गरेको धेरैदिनपछि घाउ निको नभएको र पाक्न थालेकाले पुन अस्पताल भर्ना गरिएको हो । ती बालिकाको उपचार र औषधी खर्च महिला तथा बालबालिका कार्यालय जिल्ला बाल कल्याण समितिले बेहोरेको पत्रकार भरत कोईरालाले बताए । यस्तै लैगिक हिंसा निवारण कोषबाट पाँच हजार नौ सय र आपत्कालिन बाल उद्धार कोषबाट चार हजार रुपैयाँ समेत प्रदान गरिएको जिल्ला बाल अधिकार अधिकृत भरतराज बरालले बताए ।

यसैबीच पीडित बालिकाका आफन्त र अधिकारकर्मीलाई पीडक पक्षले धम्की दिन थालेका छन् । बलात्कारका आरोपी अहिले पुपक्षको लागि थुनामा छन् भने धम्कीपछि बालिकालाई परिवारमै राख्दा थप असुरक्षित हुने भएकाले उनलाई पोखराकै एक गैरसरकारी संस्थाको बालगृहमा राखिएको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply