LATEST NEWS

अलैची बिक्रिबाट ५ करोड आम्दानी

Posted by Unknown ~ Tuesday, March 31, 2015



रामेछाप ,चैत १७– रामेछापमा यस बर्ष अलैची बिक्रीबाट ५ करोड बराबरको अम्दानी भएको जिल्ला कृषि विकाश कार्यालयले जनाएको छ । जिल्लाको ६२ हजार हेक्टर क्षेत्रफलमा अलैची खेति बस्तार गरिएकोेमा ४८ हजार हेक्टर क्षेत्रफलबाट २२ मेट्रिकटन अलैचि उत्पादन भएको जिल्ला कृषि विकाश कार्यलयका प्रविधिक सहायक हिमाल भुसालले जानकारी दिए । 

खेती बिस्तार गरेको ३ बर्षमा मात्र फल दिने भएकाले यो बर्ष ४८ हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन लिइएको उनले बताए । जिल्लाकाको पकेट क्षेत्र मानिने गुम्देल, बाम्तीभन्डार, कुबुकास्थली, प्रिती, गुप्तेश्वर, भुजी, दोरम्बा, डढुवा, रस्नालु, बेताली लगायतका गाविसमा अलैची खेति गरिदै आईएको छ । गत बर्षको तुलनामा यस बर्ष १० मेट्रिकटन बढि उत्पादन भएको पनि उनले बताए । रामेछापको प्रमुख नगदे बाली अलैची १२ सय देखि २१ सय मिटर भएका क्षेत्रमा फल्ने गर्दछ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply