LATEST NEWS

काँग्रेसले मात्रै देशको विकास गर्न सक्छः खुमबहादुर

Posted by Unknown ~ Tuesday, March 31, 2015



चितवन, चैत १७–नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री खुमबहादुर खड्काले देश अहिले अझै सङ्कटमा फस्दै गएको बताएका छन् । यो समयमा काँग्रेसले मात्रै सङ्कटको निकास दिने र देशको विकास गर्नसक्ने उनले दाबी गरे । 

चितवनमा वीरेन्द्र बहुमुखी क्याम्पसको नेविसङ्घ एकाइले आयोजना गरेको विविध सिर्जनात्मक कार्यक्रमको आज उद्घाटन गर्नुहुँदै समस्याको निकासका लागि आफूहरू अगाडि बढेकोसमेत उनले बताए । कार्यक्रममा छोटो समय बोलेका नेता खड्काले अहिलेसम्म नेवि सङ्घको अधिवेशन हुन नसकेको आठ वर्ष भएको तथा तरुण दल र महिला सङ्घको समेत अधिवेशन हुन नसकेकाले दुःख लागेको बताए ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply