LATEST NEWS

४ दिने छोरा फाल्नुको कारण अवैध सम्बन्ध, यसरी बस्यो बस ड्राइभरसँग सम्बन्ध

Posted by Nepali Blogger ~ Saturday, July 11, 2015

काठमाडौं, २६ असार - बच्चा जन्माएर बागमती नदीमा फाल्ने महिलाको नयाँ खुलासा भएको छ । ती महिलाले जन्माएको चार दिनमै नाबालक शिशुलाई विहीबार बागमतीमा फालेकी थिईन् । स्थानीयले देखेपछि उनलाई समातेर प्रहरीको जिम्मा लगाएका थिए । कसरी जन्मियो बच्चा ? बागमतीमा बच्चा फल्ने महिलाको नाम हो, कान्छीमाया तामाङ । उमेर भयो, २२ बर्ष । घर काभ्रे गोकुले–५ मा पर्छ । 



उनले बच्चालाई पशुपतीमा फालेकी थिईन । उनका श्रीमान वैदेशिक रोजगारका क्रममा खाडी मुलुकमा छन् । गत वर्ष उनी काठमाडौं आउने क्रममा एक बस ड्राइभरसँग चिनजान भयो । श्रीमान विदेश गएकाले यौन प्यास मेटाउन नपाएकी उनले ड्राइभरसँग आफ्नो सम्बन्ध बढाइन । जसअनुसार उनीहरु शारीरिक सम्पर्क पनि हुन थाल्यो । त्यो शारीरिक सम्पर्कबाट उनी गर्भवती भईन् । शारीरिक सम्पर्क राख्दा ख्याल नगरेकाले उनको गर्भपतन गराउने अवस्था थिएन् । 

अन्ततः उनले अवैध सम्बन्धबाट बच्चा जन्माईन् । बच्चा पाल्दा पोल खुल्ने डरले उनले जिउँदै बच्चालाई पशुपतीस्थित बाग्मती खोलामा फालिन । तर स्थानीयले देखेपछि उनलाई पक्राउ गरे । अचम्मको कुरा के भने, ४ दिनको नाबालाक बच्चाको सकुशल उद्धार गरिएको छ । कारवाही प्रक्रिया अगाडि बढ्यो त्यो घटनापछि उनलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी राकेश सिंहका अनुसार उनले प्रहरी वयानमा अवैध सम्बन्धबारे खुलस्त पारेकी हुन् । 

पक्राउ परेकी तामाङलाई ज्यानसम्बन्धि मुद्दामा ३ वर्षसम्म कैद सजाय हुनसक्ने उनले बताए । बिहीबार बिहान बाग्मतीमा युवतीले फोहोर फालेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनाको रहस्य खुलेको हो । अहिले बागमतीमा फोहोर फाल्न पाइदैन् । खोलामा फालिएको झोला निकालेर हेर्दा सानो बच्चा जिउदै भेटिएको थियो । प्रहरीले बच्चालाई अस्पताल पुर्‍याई तामाङलाई हिरासतमा राखेको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply