साथीको अण्डकोष चिरेर हत्या गर्ने प्रहरी खोरमा
काठमाडौं, साउन ११– आफूसँगै काम गर्ने साथीलाई निर्मम तरिकाले हत्या गरेर फरार भएका मकवानपुरका उमेश विक्रम विष्ट पक्राउ गरेका छन् । सार्वजनिक अपराधको मुद्धामा सजाय भुक्तान गरी गएको फागुनमा डिल्लीजार कारवारबाट छुटेका विष्टले म्हैपि स्थित सागर अटो मोवाईल वर्कशपमा आफुसँगै काम गर्ने दोलखाका अशोक खड्काको हत्या गरेका थिए ।
दोलखाको माली स्थायी भएका खड्कालाई विष्टले गत असार ३१ गते राती गल प्रहार गरेर घाँटी क्षत विक्षत पारेपछी अण्डकोष चिरेर लिंग काटिदीएको प्रहरीले जनाएको छ । खड्काको शव सोही वर्कसपको निशान गाडीभित्र भेटीएको थियो । मृतक अशोक खड्का विगत १८ महिनादेखि सागर अटोमोबाईल वर्कशपमा काम गर्दै आएका थिए भने विष्ट असार २५ गतेबाट मात्र सो वर्कशपमा काम खोज्दै पुगेका थिए । चिनजान भएको
छैटौं दिन साँझ वर्कशप नजिकैकको भट्टि पसलमा मदिरा सेवन गरेपछि उनले खड्काको हत्या गरेका थिए ।
मदिरा सेवन पछी उनिहरु बिच गियर ओईल होलेको भनी साहुसँग झुक्याएर पैसा लिएको विषयमा विवाद भएको थियो । विवादका क्रममा विष्टले गल प्रहार गरेपछी खड्का निशान गाडीमा लुक्न गए तर क्रुर विष्टले छाडेनन् । लगातार घाँटीमा गल प्रहार गरेसँगै उनले खड्काको अण्डकोष चिरेर लिंगको छाला काटीदिएका थिए । त्यसपछी भागेर नयाँ बसपार्कमा बास बसेका विष्ट भोलिपल्ट सतुंगलमा कान्छा दाई भनिने सानुकान्छा बजुले काम गर्ने मकालु वर्कशपमा गएर लुकेका थिए । पक्राउ पछी निजलाई कानुनी कारवाहीका लागी महानगरीय प्रहरी वृत लैनचौर पठाईएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ ।

No comments: