LATEST NEWS

पिडितलाई आमेरिकाको भिषा खूल्यो

Posted by Nepali Blogger ~ Sunday, July 19, 2015

महाभूकम्पलगत्तै अमेरिकाले नेपालीलाई ‘टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस)’ घोषणा गर्‍यो । सन् २०१६ डिसेम्बरसम्म लागू हुने टीपीएस यस्तो सुविधा हो, भिसाबिनै पुगेका वा बसेका नेपालीले श्रम इजाजत पाउनेछन् । 



उनीहरूलाई स्थायी बसोबास (ग्रिन कार्ड) को आवेदन दिन मौकासमेत दिइनेछ । यसैलाई भजाउँदै ‘अमेरिका लगिदिन्छु’ भनेर कुनै दलालले तपाईंसँग पैसा झारिसकेको त छैन नि ? छैन भने, ठीकै छ । नत्र सावधान रहनुहोस्, यो धन्दा मौलाइसकेको छ । ल्याटिन अमेरिकी मुलुक कोलम्बियामा यो साता मात्र तीन जना नेपाली पुर्‍याइए । त्यहीं घरजमसहित व्यवसाय गर्दै आएका सिन्धुलीका छत्रबहादुर मैनालीका अनुसार राजधानी बोगोटाको रियल स्टार होटलमा उनीहरूलाई राखिएको थियो । 

उनीहरू बाँके, दाङ र रूपन्देहीका हुन् । बैंककबाट मलेसिया, त्यहाँबाट दुबई हुँदै अलमल्याइँदै ल्याइएका उनीहरूसँग ब्राजिल र क्युवासम्मको भिसा छ । ‘उनीहरूले एजेन्टको नामचाहिँ भन्न मानेनन्,’ मैनालीले टेलिफोनमा सुनाए, ‘तर, त्यही व्यक्तिले थप २५ जनालाई लैजान काठमाडौंमा पैसा उठाइसकेको र सय जनाका लागि अन्तर्वार्ता लिइरहेको बताए ।’ उनीहरू एजेन्टलाई ३० लाख रुपैयाँका दरले तिरेर उडेका थिए । त्यो समूह बिहीबार पैदलमार्गबाट अमेरिकातर्फ लागेको छ । उनका अनुसार महाभूकम्पपछि कोलम्बिया हुँदै सयभन्दा बढी नेपाली पार भइसकेका छन् । ‘एकै दिन १८ जना आएका थिए,’ उनले भने, ‘नेपालीको चहलपहल निकै बढेको छ ।’

Categories
Tags

Related Posts

No comments:

Leave a Reply