LATEST NEWS

सेक्स भोक लागेको बेला खाने कुरा हो

Posted by Nepali Blogger ~ Saturday, July 25, 2015

काठमाडौं - मोडल तिर्सना बुढाथोकी अहिले क्षमतालेभन्दा पनि कामुक तस्बीरको कारण चर्चामा छिन् । उनले आफ्नो फेसबुक वालमा प्रायः अर्धनग्न तस्वीरहरु पोस्ट गरिराख्छिन्, र त्यही तस्वीर मिडियामा गसिप बन्ने गर्छ । उनै मोडल तिर्सना बस्नेतले एक अन्तरवार्तामा सेक्सबारे खुलेकी छिन् । उक्त अन्तरवार्तामा तिर्सनाले सेक्सलाई सामान्य कुराको रुपमा प्रस्तुत गरेकी छिन् । 



तिर्सनाले भनेकी छिन्, ‘सेक्स भनेको भोक लागेको बेला खाने कुरा जस्तै हो ।’ उनले नोपालमा सेक्सलाई भइङक्कर ठूलो रुपमा लिने गरे पनि सेक्स सामन्य र मानिसको लागि अति आवश्यक रहेको बताएकी छिन् । भन्छिन्, ‘शरिरलाई तन्दुरुस्त र स्वस्थ राख्न पनि सेक्स आवश्यक पर्छ । सेक्सले टेन्सनमुक्त गर्छ ।’ 

तिर्सनाले बिकिनीमा फोटो सुट गर्न चाहेको पनि बताएकी छिन् । उनले भनेकी छिन्, ‘अब चाडै स्वीमिङ पुल गएर बिकिनीमा फोटो सुट गर्दैछु । यो मेरो व्यक्तिगत कुरा हो ।’ शिवलिंगको पुजा गर्ने नेपालीले आफ्नो फोटोमा कमेन्ट गर्नुको औचित्य नरहेको तिर्सनाको भनाई छ । उनले भनेकी छिन्, ‘म रिडायर्ड इन्स्पेक्टरकी छोरी हुँ । कतिसम्म खुल्नुपर्छ भन्ने मलाई थाहा छ । एक समय मलाई पागलजस्तो पनि बनाइयो । तर म पागल त होइन नी ?’ 

यसअघि ठमेलमा पानी पसल, कोल्डस्टोर र रेष्टुरेण्ट व्यवसाय गरेको बताउँदै तिर्सनाले भनेकी छिन्, ‘पहिले मसँग कार किन्ने पैसा थियो । फिल्मी क्षेत्रमा आएपछि स्कुटर किन्ने पैसा पनि छैन ।’

Categories
Tags

Related Posts

No comments:

Leave a Reply