अनैतिक सम्बन्धबाट जन्मिएको बच्चा मार्ने पक्राउ
तनहुँ, साउन ३ – श्रीमान वैदेशिक रोजगारीका लागि गएको अवस्थामा अनैतिक सम्बन्धबाट जन्मेको बच्चा मार्ने आमालाई प्रहरीले पक्राउ गरेको हो । अवैध गर्भबाट जन्मिएको बच्चालाई मार्ने थप्रेक–८ घर भई श्याम्घा–२ चनौटे मियागाउँ स्थित माइतीघरमा बस्ने १८ बर्षीया नजिरन मियालाई प्रहरीले पक्राउ गरेको हो ।
मियाले शुक्रबार माइतीघर नजिकै गोठमा छोरा जातको नवजात शिसु जन्माई कर्तव्य गरी मारेर सोही स्थानमा खाडल खनी गाडेको खबर प्राप्त हुनासाथ आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
निजको श्रीमान ३ बर्ष अगाडी बैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेको बताइएको छ । नवजात शिसुको लास प्रहरीले पोष्टमार्टमको लागि दमौली अस्पतालमा पठाएको छ ।
यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।

No comments: