LATEST NEWS

क्रिस्चियन राष्ट्र बनाउन कति लाग्छ, हामी पैसा दिन्छौं’

Posted by Nepali Blogger ~ Sunday, July 26, 2015

काठमाडौ साउन १० – नयाँ संविधानमा धर्मको विषयमा बहस जारी रहँदा एक क्रिस्चियन अगुवाले विवादास्पद अभिव्यक्ति दिएका छन् । 



क्रिस्चियन धर्मालम्बीहरुले पैसा दिएर अरुलाई धर्म परिवर्तन गराइरहेको आरोपसमेत लागिरहेको बेला राष्ट्रिय क्रिस्चियन महासंघका महासचिव सि.वि. गहतराजले हिन्दु राष्ट्र जस्तै क्रिस्चियन राष्ट्र बनाउनका लागि दलका नेताहरुले कति पैसा लिन्छ दिनका लागि तयार रहेको अभिव्यक्ति दिएका हुन् । 

आइतबार आयोजित महासंघको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘क्रिस्चियन बनाउनका लागि हामीले पैसा लगानी गरेको आरोप ला िरहेको छ । यदि त्यस्तो हो भने क्रिस्चियन राष्ट्र बनाउन कति रकम लाग्छ हामी दिन तयार छौ ।’ गहतराजले धर्मनिरपेक्ष राज्य घोषणा गराउनमा दलहरु खुट्टा कमाइ रहेको आरोप पनि लगाए । खासगरि धर्मनिरपेक्षको कुरा उठाउने एमाओवादीले दरो भएर उपस्थित नभएको पनि उनले आरोप लगाएका थिए ।

 श्रोत: रातो पाटी

Categories
Tags

Related Posts

No comments:

Leave a Reply