LATEST NEWS

सन्नी लियोनी नेपालका लागि काम गर्दै

Posted by Nepali Blogger ~ Tuesday, July 28, 2015

बलिउड नायिका सन्नी लियोनी यसअघि २ पटक नेपाल आइसकेकी छिन् । सायद, यसैले होला उनको मन नेपालमै बसेको छ । सन्नीले आफ्नो फेसबुक पेज मार्फत फेरि नेपाल आउन लागेको बताएकी छिन् । सन्नीले फेसबुकमा लेखेकी छिन्-‘नेपालका लागि विशेष केही काम गरिरहेकी छु । चाडै नै भेटौला, नेपाल ।’ 

सन्नी लियोनीले आफूले नेपालका लागि विशेष के काम गरिरहेको छु भनेर खुलाएकी छैनन् । सायद, उनले नेपालका भूकम्प पीडितका लागि केही काम गरिरहेको हुनसक्छ ।sunny-facebook-page यसअघि आउँदा नेपालको सुन्दरतालाई विश्वमै उत्कृष्ट भनेर दाँजेकी सन्नी लियोनीले यसपटक भने नेपालका लागि विशेष केही गरिरहेको बताएकी हुन् । 

बलिउडमा चलचित्र र आइटम नृत्यका कारण चर्चामा आएकी सन्नीको नेपालसँग पनि लगाव बढ्दै गएको छ । जसका कारण पनि उनी तेश्रो पटक नेपाल आउन लागेकी हुन् । सन्नीका नेपालमा पनि फ्यानहरु धेरै छन् । सन्नी पहिलो पटक काठमाण्डौको सोल्टी होटलमा आयोजना भएको एक कार्यक्रममा सहभागी हुन नेपाल आएकी थिइन् । यसपछि उनी नयाँ बर्षको कार्यक्रममा नेपाल आएकी थिइन् ।

Related Posts

No comments:

Leave a Reply