प्रधानमन्त्रीले पनि ग्रिनकार्ड र पिआर लिएका छन्
काठमाडौं, ५ साउन - सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालका प्रधानमन्त्रीदेखि मुख्यसचिव सम्मले ग्रिनकार्ड र पिआर लिएको खुलासा गरेका छन् ।
मन्त्री पण्डितले एक अन्तर्वार्ताका क्रममा नेपाल सरकारका प्रधानमन्त्री, मन्त्री, सचिव, मुख्यसचिव, प्रधानन्यायधिशसम्मले ग्रिनकार्ड र पिआर लिएको खुलासा गरेका हुन् । तर, मन्त्री पण्डितले बताएका प्रधानमन्त्रीदेखि मुख्यसचिवका पिआर लिने अधिकारीहरु पूर्व सरकार तथा पूर्व कर्मचारी प्रशासनका सदस्यहरु हुन् ।
मन्त्री पण्डितले अन्तरवार्तामा डिभी पिआर लिएका केही उच्च पदस्थ कर्मचारीको नाम समेत खुलाएका छन् । उनले नेपाली सेनाका कर्णेल कुमार लामा (जो अहिले वेलायको कब्जामा छन्)ले पनि ग्रिनकार्ड लिएको भेटिएको बताए । त्यस्तै, पूर्वमुख्य सचिव तुलसी गिरीले पनि ग्रिनकार्ड लिएको खुलासा गरे ।
मन्त्री पण्डितले पिआर लिने पूर्वप्रधानमन्त्रीको नाम खुलाएनन् । उनले भने-‘इतिहास पल्टाउनुस्, प्रमाण् भेटिन्छ ।’
उनले अहिले केही मिडियामा मन्त्रीहरुले पनि ग्रिनकार्ड र पिआर लिएको प्रसङ्गमा छनविनका लागि प्रधानमन्त्रीलाई सिफारिस गरिएको र पिआर लिएको पाइएमा प्रधानमन्त्रीले कारवाही गर्नुपर्छ भन्नुभयो । मन्त्री पण्डितले अबको मिसनमा ग्रिनकार्ड र पिआर लिएका राजनीज्ञहरु निशानामा रहेको बताए ।
कुन–कुन कर्मचारी, मन्त्री र प्रधानमन्त्रीले ग्रिनकार्ड लिए ? अन्तर्वार्तामा मन्त्री पण्डितले यसरी खुलासा गरे ।
हेर्नुस् अन्तर्वार्ताको भिडियो :
No comments: