LATEST NEWS

क्रिकेट टोलीका फिजियो यौन दुर्व्यवहारको आरोपमा पक्राउ

Posted by Nepali Blogger ~ Thursday, July 16, 2015

वेलफास्ट, आयरल्याण्ड, असार ३१ - नेपाली राष्ट्रिय क्रिकेट टिमका फिजियो डा. अइजाज बसिर असाई यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका छन् । भारतीय नागरिक ४२ वर्षीय बसिरलाई मसाज गर्ने युवतीलाई बिना सहमति यौनिक आसयले समातेको आरोप लगाइएकाे छ । 

मंगलबार पक्राउ परेका उनलाई बुधबार स्थानीय आर्डस म्याजिष्ट्रेट कोर्टमा उपस्थित गराइएको थियो । हत्कडी लगाएर डा. बसिरलाई अदालतमा उपस्थित गराइएको वेलफास्टलीग्राफले जनाएको छ । डा. बसिरले मंगलबार टिम बसेको ला मोन होटलमा ति महिलामाथि यस्तो कार्य गरेको आरोप लगाइएको छ । ट्वान्टी–२० विश्वकप छनौट खेल्न आयरल्याण्ड पुगेको नेपाली टोली उक्त होटलमा बसिरहेको छ । प्रहरीका अनुसार डा. बसिरले ति महिलालाई शरीर मसाजको लागि अह्राएका थिए । 

मसाज गर्दाको बेला उनले भित्रि वस्त्र लगाउनुपर्नेमा नलगाइ बसेको र दुव्र्यवहार गरेको प्रहरीको भनाई छ । बसिरले लगत्तै ति महिलासँग होटल म्यानेजरको अगाडि माफी मागेको र १० यूरो टिप्स दिएका थिए जुन ति महिलाले अस्वीकार गरिन । डा. बसिरका वकिलले भने यौन दुव्र्यवहार आरोपको खण्डन गरेका छन् । ट्वान्टी–२० छनौटकै लागि पूर्वी मुम्बईका डा. बसिर फिजियोको रुपमा नेपाली टोलीमा संलग्न भएका थिए । आजको ई-कान्तिपुरले लेखेको छ ।

Related Posts

No comments:

Leave a Reply