LATEST NEWS

सभासद एवम् नेविसंघ अध्यक्ष रञ्जित कर्णलाई जुत्ताको माला

Posted by Nepali Blogger ~ Tuesday, July 14, 2015

काठमाडौँ - नेपाल विद्यार्थी संघ भित्रको विवादले मंगलबार उग्र रुप लिएको छ । नेविसंघका अध्यक्ष तथा नेपाली कांग्रेसका सभासद् रञ्जित कर्णलाई उनकै कार्यकर्ताले जुत्ताको माला लगाइदिएका छन् । कुन्दन काफ्लेको नेतृत्वमा कर्ण निवास हाडीगाउँ पुगेका नेविसंघका नेताले कर्णलाई कालो मोसो दलेर जुत्ताको माला लगाइदिएका हुन् । नेपाली कांग्रेसका सभासद समेत रहेका कर्णमाथि उनकै कार्यकर्ताले मंगलबार बिहान सात बजे यसरी कालो मोसो दलेर जुत्ताको माला लागाएपछि सडकमा निकालेका हुन् । 

कर्णलाई जुत्ताको माला लगाइदिने समूहको नेतृत्व कुन्दन काफ्लेले गरेको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले बताए । लोकतान्त्रिक मान्यताको जननी पार्टी भएको बताउने कांग्रेस कार्यकर्ताले किन आफ्नै नेता तथा पार्टीका माननीय सभासदलाई यस्तो दुव्र्यवहार गरे ? गम्भिर प्रश्न छ । कर्णमाथि भएको दुव्र्यवहारका विषयमा नेविसंघ प्रवक्ता लामिछाने भन्छन्, ‘कुन्दन काफ्ले नेतृत्वको समूहले पार्टी नीति विपरित अध्यक्षमाथि नियोजित हमला गरेको छ । 

अध्यक्षसँगको असन्तुष्टिलाई यो रुपमा प्रस्तुत गर्नु संगठनका निम्ति अति दुखको कुरा हो ।’ कुन्दन काफ्लेको समूहले आर्थिक लेनदेनको कुरालाई लिएर अध्यक्षमाथि यस्तो दुव्र्यवहार गरेको सार्वजनिक भएको छ । काफ्लेको समूहले सभासद बनेपछि कर्णलाई नेविसंघको अध्यक्ष पद छाड्न आग्रह गरेको थियो तर कर्णले सभासद र अध्यक्ष पद दुवै नछोडेपछि संगठनभित्रको विवाद उग्र बन्दै गएको हो । संगठनको विवादले साङ्घातीक हमला सँगै कालो मोसो र जुत्ताको मालासम्मको रुप लिएको छ । कुन्दन काफ्लेको समूहले कर्णलाई कालो मोसो दलेर जुत्ताको माला लगाइदिएर सडकमा निकालेको तस्बिर सार्वजनिक गरेको छ । 

उता कर्णले भने आफूसँग पैसा मागेको तर दिन सक्दिन भन्दा घरमै आएर दुव्र्यवहार गरेको बताएका छन् । यस अघि कर्णले नेपाल इञ्जिनियरिङ क्याम्पस चाँगुनारायणमा खगेन्द्र कार्कीको अध्यक्षतामा रहेको इकाइ कमिटीलाई कर्णले भंग गरेका थिए । व्यवस्थित रुपमा चलेको कार्कीको नेतृत्व भंग गरेर कर्णले भुवन भट्टको नेतृत्वमा नयाँ कमिटी बनाएका थिए । कर्णले यसरी अन्य ठाउँमा समेत पैसा खाएर कमिटि भंग गरेको आरोप कुन्द काफ्ले समूहले लगाएको छ । 

आक्रमणकारीविरुद्ध सभासद समेत रहेका कर्णले प्रहरीमा किटानी जाहेरी दिइसकेका छन् । काफ्लेले कर्णलाई नेविसंघको अध्यक्ष र सभासदपदबाट हटाउनुपर्ने बताएका छन् । कर्णमाथि आक्रमण गर्नेलाई नेविसंघको कारबाही नेविसंघले कर्णलाई जुत्ताको माला लगाउन कुन्दन काफ्लेको नेतृत्वमा भुपेन्द्र श्रेष्ठ, शंशाकश्री न्यौपाने, अशेष श्रेष्ठ, आनन्दश्री न्यौपानेले, नवराज त्रिपाठी, विमला पराजुली, निकेश खड्का, समधुर बराल, रुपेश सुवेदी, जीवन खत्री कर्ण निवास पुगेको भन्दै सबैलाई कारबाही गरेको छ । 

कर्णलाई काक्रमणमा संलग्न काफ्ले सहितका सबैलाई नेविसंघले दुई वर्षको लागि संघको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्दैै निष्कासन गर्ने निर्ण गरेको छ । नेविसंघका मुख्य सचिव शिव रिमालले घटनामा संलग्न व्यक्तिमाथि कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेका छन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply