LATEST NEWS

जयन सुब्बा मानन्धरको हनिमुन: हरेक क्षण विशेष लाग्थ्यो

Posted by Unknown ~ Friday, June 5, 2015

विवाहभन्दा धेरैअगाडि नै उहाँ (सुरेशराज मानन्धर)सँग चिनजान भएको हो। हामी मिल्ने साथी थियौं। छोरी हुर्के पनि त्यही हो, घरमा मेरो विवाहको कुरा चल्यो। यो थाहा पाएपछि उहाँले मलाई विवाहको प्रस्ताव राख्नुभयो। 



विवाहजस्तो कुरामा आफूले मात्रै निर्णय लिन मन लागेन। दुई परिवारबीच कुरा भयो। कुरा मिल्यो, हामी तयार भयौं। त्यसपछि हाम्रो मित्रता विवाहमा परिणत भयो। 

हामीले विवाह गरेको १४ वर्ष भयो। त्यति बेला दुवैजना आआफ्नो काममा व्यस्त भएकाले बिहेको दुई दिन अगाडिसम्म पनि काममै थियौं। विवाह भएको १२ दिनपछि हनिमुनका लागि पोखरा गयौं। 

उहाँले हनिमुनका लागि पोखरा जाने सरप्राइज टिकट दिनुभयो। लामो छुट्टी नभएकाले हनिमुनको बारेमा सोचेकै थिइनँ। समय मिलाएर केहीपछि देशबाहिर जानुपर्ला भन्ने सोच बनाएको थिएँ तर अचानक उहाँले सरप्राइज दिँदा खुसीको सीमा नै रहेन। 

पहिलेदेखि चिनजान भएकाले श्रीमान्-श्रीमतीसँगै राम्रो साथी पनि थियौं हामी। त्यसैले हनिमुनमा कुनै असहज महसुस भएन। त्यो चिनजान र सहजपनले हनिमुनलाई झनै स्वादिलो बनाइदियो। 

हनिमुन यसै पनि अर्थपूर्ण हुने नै भयो। पहिलोपटक श्रीमान्सँग मात्र बाहिर जाँदै थिएँ। त्यसैले पोखरा यात्रा मलाई त बम्पर उपहारजस्तो भयो। हामीसँग तीन दिनमात्र समय थियो। 

 त्यो अवधिभर हरेक क्षण विशेष लाग्थ्यो। हरेक दृश्य रोमाञ्चक, संसार सबै आफ्नैजस्तो लाग्थ्यो। एकअर्काबीचको माया र स्पर्शको मिठास कति हुन्थ्यो भने त्यसलाई शब्दमा भन्नै सकिन्न। मलाई त आफ्नो श्रीमान्भन्दा राम्रो कोही छ जस्तै लाग्दैनथ्यो। 

मोटरसाइकल भाडामा लिएर हामी सराङकोट पनि गयौं। मोटरसाइकलमा जान मैले नै भनेँ। त्यो उमेरमा चिल्लो बाटोमा मोटरसाइकलमा बत्तिँदा अर्को रमाइलो अनुभूति भयो। 

'फेसन क्रेजी' भएकाले हाफ प्यान्ट, हल्टरनेक कपडा लगाएको थिएँ। पहिलेदेखि चिनजान भएकाले श्रीमान्-श्रीमतीसँगै राम्रो साथी पनि थियौं हामी। त्यसैले हनिमुनमा कुनै असहज महसुस भएन। त्यो चिनजान र सहजपनले हनिमुनलाई झनै स्वादिलो बनाइदियो। 

विवाह भएको १४ वर्ष भइसक्यो तापनि हामी उस्तै रोमान्टिक छौं। हामीले एकसाथ धेरै रमाइला समय बिताएका छौं। तापनि हनिमुनको समय जीवनको सबभन्दा मीठो क्षण हुँदो रहेछ। 

विवाहको एक वर्षमा छोरा जन्मियो। त्यसपछि हरेक वर्षजस्तै कतै न कतै घुम्न जाने गरेका छौं। हामीले एकसाथ धेरै रमाइला समय बिताएका छौं। तापनि हनिमुनको समय जीवनको सबभन्दा मीठो क्षण हुँदो रहेछ।

विवाह भएका यतिका वर्षसम्म पनि हामी उस्तै रोमान्टिक छौं तर जिम्मेवारी धेरै थपिएको छ। व्यस्त भए पनि परिवारका लागि समय दिनुपर्ने हुन्छ। 

आ-आफ्नो काममा दुवैजना व्यस्त छौं तापनि एकअर्काका लागि समय निकाल्छौं। अहिले पनि हामीलाई श्रीमान्-श्रीमती नभई प्रेमीप्रेमिकाको अनुभूति हुन्छ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply