बैंकबाट निकाल्दा निकाल्दै ४ लाख लुटियो
नुवाकोटको बट्टारको बसपार्कबाट एक व्यक्तिको दिउँसैं ४ लाख लुटिएको छ ।
बैंक बाट भर्खर निकालेर बसपार्क गएर बस चढ्नलागेका व्यक्तिलाई एक युवक नजिकै आएर यहाँ बस पाईदैन अलि पर गएर चढ्नुस भनेर केहि पर गए पछि ति व्यक्ति लुटिएका छन् ।
रसुवाको डाडागाउँ ७ का हर्कबहादुर लामाको साथमा भएको १ लाख र भर्खर नेपाल बंगलादेश बैंकबाट ३ लाख झिकेर आएपछि जम्मा ४ लाख लुटिएको लामाले बताए ।
बैंकको सिसी क्यामेराको फुटेज हेर्दा दिउँसो पौने १२ वजे बैंकबाट बृद्ध तामाङले रकम निकाल्दा कोही शंकास्पद युवकले पछ्याएको नपाइएको तर पिडित व्यक्तिले दिएको हुलियाको आधारमा ति व्यक्तिको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
No comments: