LATEST NEWS

जबरजस्ती धर्म परिवर्तन गराउने लाई कारबाही हुन्छ

Posted by Nepali Blogger ~ Thursday, July 30, 2015



१४ साउन, काठमाडौं - प्रधानमन्त्री सुशील कोइरालाले कसैले पनि जबरजस्ती धर्म परिवर्तन गराउन नहुने बताएका छन् । विभिन्न माग लिएर बालुवाटार पुगेका राष्ट्रिय ख्रीष्टियन महासंघका पदाधिकारीसँगको भेटमा कोइरालाले भने- जबरजस्ती धर्म परिवर्तन गराउनु हुँदैन । जाहे हिन्दु होस मुसलमान होस् ।’ प्रधानमन्त्री कोइरालाले सम्झौताका आधारमा संविधान जारी हुने बताए । 

उनले भने-‘हामीले भनेको जस्तो पनि हुँदैन अरुले भनेको जस्तो पनि हुँदैन, सम्झौताको संविधान जारी हुन्छ ।’ मूलुकमा अहिले देखिएको समस्या समाधान गर्न नसके ठूलो दुर्घटना हुन उनको भनाइ थियो । ‘राजा गए, फेररि पञ्चायत आयो, तानाशाह राजा आए उनी पनि गए । अब त कोही छैनन नि ? प्रधानमन्त्रीले भने- ‘सबै मिलेर अगाडि नबढ्ने हो भने यो देशले अवसर पाउँदैन ।’ राष्ट्रिय खीष्टियन महासंघले धर्म निरपेक्षतालाई नयाँ संविधानमा संस्थागत गनुपर्ने लगायतको माग गरेको छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply