LATEST NEWS

कुटियो र लुटियो सेक्स गर्न नमान्दा

Posted by Nepali Blogger ~ Friday, July 17, 2015

काठमाडौँ, १ साउन - टेम्पो चालकले सेक्सका लागि इन्कार गर्दा दुइटी मिलेर कुटपिट गर्दै उसलाई लुटेका छन् । एकटीलाई प्रहरीले पक्राउ गरेर जेल हाले पनि अर्की फरार छिन । फरार केटी ताँजानियाकी हुन । यो घटना दक्षिणी दिल्लीको अर्जुन नगरमा भएको हो । यो सहरका एक घरमा ३२ वर्षीय अंजली ललवानी भाडामा बस्छिन । सोही घरमा ताजाँनियाकी केटी पनि बस्छिन । बुधवार रातको १२ वजे अंजली, इग्नू रोडबाट मंडावलीका उमेशप्रसादको टेम्पोमा अर्जुन नगर जान चढिन । 



टेम्पो भाडा सय रुपैया निश्चित भयो । बीचबाटोमा अंजलीले टेम्पो रोकेर उमेशसंग तीन सय सापटी लिइन र सामान किनिन् । घर गएर उनले सामान उमेशलाई बोकाइन र भाडा दिन पहिलो तल्लामा लगिन । उमेश भित्र पस्नासाथ अंजलीले कोठाको ढोका बन्द गरिन । उसको खल्तीबाट फेरी तीन सय र मोवाइल झिकिन । आफ्नो शरीरको कपडा एकपछि अर्को गरी खोल्दै उमेशलाई शारीरिक सम्वन्धका लागि उक्साइन । उमेशले अस्वीकार गर्दा उनको गालामा जबर्जस्ती ‘किस’ गरिन । फेरी उनले दुई पेग रक्सी तयार गरिन । एउटा आफूले खाँदै अर्को उमेशलाई दिइन, उमेशले त्यो पनि अस्वीकार गरेपछि उसको मुखमै खन्याएर बाहिर निस्किन । केही सेकेन्डमै कोठामा अर्की बिदेशी केटी पसिन र उनले पनि उमेशलाई आफूलाई सेक्स गर्न भनिन् । 

उनले नमानेपछि उसको पाइनट खोलिदिइन र पाँच सयको नोटकासाथै चालक अनुमतिपत्र निकालिन । त्यसपछि दुवै महिला उमेशलाई भित्रै थुनेर बाहिरिए । मुल ढोकामा ताला लगाएर उनीहरु बाहिरिएकाले उमेश बाहिर निस्कन सकेनन् । उनले हिम्मत गरेर कौसीमा गए र हामफाले । अग्लो ठाउँबाट हामफालेकाले उनको दुवै खुट्टा भाचिएको छ । उनी अस्पताल गएर त्यहिबाट प्रहरीलाई फोन गरेर घटना वारे जानकारी दिए । प्रहरी सो घरमा पुग्दा मुलढोकामा ताला लागेकै थियो । महिला फरार थिए । प्रहरीले बिहिवार मात्र अंजलीलाई पक्राउ गर्न सफल भए पनि अर्की ताँजानीयाली केटी फरार छिन । अंजली अविवाहित हुन भने अर्की बिदेशी केटी पनि अविवाहित रहेको बताइएको छ । –एजेन्सीको सहयोगमा

Related Posts

No comments:

Leave a Reply