LATEST NEWS

झण्डै हात हालाहाल भयो गृह मन्त्री र अर्थ मन्त्री

Posted by Nepali Blogger ~ Friday, July 17, 2015

काठमाडौं - सत्तारूढ दल एमालेले बजेटको विरोध गर्ने चेतावनी मंगलबारकै मन्त्रिपरिषद् बैठकमा दिइसकेको थियोख। संसद् बैठकमा आफ्नो दलका सभासद्ले बजेटको विरोध गर्ने औपचारिक जानकारी उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले अघिल्लै दिनको मन्त्रिपरिषद् बैठकमा दिएका थिए । 



पार्टीका तर्फबाट सरकारमा नेतृत्व गरेका मन्त्री गौतमले संसदमा प्रस्तुत हुनुअघि बसेको मन्त्रिपरिषद् बैठकमा बजेटबारे चर्को असन्तुष्टि पोखे । बजेट बिना छलफल प्रस्तुत गरिएको भन्दै मन्त्री गौतमले एमाले सभासद्हरू यसको विरोधमा रहेको र उनीहरू विपक्षमा प्रस्तुत भए त्यसको जिम्मेवारी आफूले नलिने जानकारी मन्त्रिपरिषद् बैठकलाई गराए । 

बैठकमा दुई मन्त्रीको बाझाबाझ देख्दा उनीहरुबीच हात हालाहाल हुने स्थिति थियो । तर, कहिले उत्तेजित हुँदै त कहिले संयमित हुँदै दुई मन्त्री रन्किएर थन्किने गरेका थिए । अर्थमन्त्री डा. रामशरण महतले बजेटका मुख्य बुँदाबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेपछि गौतमले एकतर्फी रूपमा कांग्रेसको मात्रै बजेट आएको भन्दै आफ्नो पार्टीका तर्फबाट विरोध रहेको बताएका थिए । राष्ट्रिय बजेटजस्तो विषयमा सत्तासहयात्री दलसँग छलफल नै नगरेको, विगतमा एमालेले ल्याएका चर्चित कार्यक्रम कटौती गरेको भन्दै गौतमले आपत्ति प्रकट गरेको मन्त्रिपरिषद् स्रोतले बतायो । 

मदन भण्डारीका नाममा कार्यक्रम ल्याएको उदाहरण दिँदै अर्थमन्त्री महतले एकतर्फी नभएको जबाफ दिएपछि गौतम केही उत्तेजितसमेत भएका थिए । उनले कांग्रेसका हरि खड्का (सडक दुर्घटनामा ज्यान गुमाएका बागलुङका कांग्रेस सभासद) सँग मदन भण्डारीलाई दाँजेर अपमान गरेको आरोप लगाएका थिए ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply