भुत्तुक्क हुने सेलिब्रेटीहरु !
एजेन्सी - हलिउडको पर्यायनै बनेको छ सेक्स,सेक्स अनि सेक्स । त्यसैले हलिउडका अभिनेता अभिनेत्री हुन् या गायक गायिका,उनीहरुको प्रतिभाले भन्दा बढी उनीहरुको सेक्स जीवनका कारण बढी चर्चामा आउँने गरेका छन् । अझ केही सेलिब्रेटीहरुलाई त सेक्सको आइकन नै मानिन्छ । को को हुन् त सेक्स भन्ने वित्तिकै भुतुक्क हुने हलिउडका सेलिब्रेटीहरु ?
एन्जेलिना जोली : हलिउड अभिनेत्री एन्जेलिना जोलीको यौनजीवन विवादित खालको छ । उनी पुरुष र महिला दुवैसँग सेक्समा लीन हुने ‘बाइसेक्सुअल’ भएको चर्चा हलिउड वृत्तमा चर्को छ । जोलीले समेत एक अवसरमा कुनै समय आफू बाइसेक्सुअल भएको स्वीकार गरेकी थिइन् । जेनी जिमिजु नाम गरेकी एउटी ‘लेस्बियन’सँग कुनै बेला जोलीको रतिरागात्मक सम्बन्ध हुने गथ्र्यो । जेनी स्वयंले यसको खुलासा गरेकी हुन् ।
अभिनेता ब्राड पिटसँग सम्बन्धमा पर्नुअघि जोली अभिनेता तथा निर्देशक बिली बब थर्टसनकी पत्नी थिइन् । तर, बबले एकजना सेक्स थेरापिस्टसँग लहसिएर जोलीलाई छोडे । बबसँगको सेक्समा जोली एडिक्टजस्तै भएकी थिइन् । बबसँगको दैहिक दूरीको पीडाबाट तंग्रिन जोलीलाई लामो समय लागेको थियो । बबभन्दा उमेरले २० वर्ष कान्छी भए पनि एन्जेलिनालाई उनले जवान पतिको कमी महसुस हुन दिएका थिएनन् । जसकारण उनी बबप्रतिको ‘लभ एन्ड सेक्स एडिक्सन’ले ग्रस्त भएकी थिइन् । आफूहरूबीच आक्रामक सेक्स हुने गरेको र जोली यसका लागि आतुर रहने गरेको बबले बताएका थिए । उनीहरुले टेलिभिजनमा अन्तर्वार्ताका लागि जाँदा समेत वीच बाटोमै कार रोकेर सेक्स गरेको स्वीकारेका थिए ।
माइली साइरस : यौन जीवनलाई भव्य एवं आक्रामक बनाउनुपर्छ र आवश्यक पर्दा यसले सामाजिक बन्धन नाघ्न पनि सक्नुपर्छ भन्ने मान्यता राख्ने महिला हुन्, अमेरिकी पपगायिका माइली साइरस । अस्ट्रेलियाली अभिनेता लियाम हेम्सवर्थ र अमेरिकी मोडल प्याट्रिक स्वार्जनेगरसँग माइलीले सेक्स जीवनका आरम्भिक दिनलाई बडो रोमाञ्चक बनाएकी थिइन् । कतिपयले माइलीको यौन जीवन रोमाञ्चकभन्दा पनि भड्किलो ज्यादा भएको टिप्पणी गरेका छन् ।
माइलीले भव्य पार्टी आयोजना भइरहेको बेला पार्टीस्थलमै सेक्स गरेको घटनाहरु समेत सार्वजनिक भएका छन् ।। भेनिटी फेयर ओस्कार पार्टी आयोजना भइरहेको बेला पार्टीस्थलमा राखिएको एउटा टेबुलमुनि माइलीले लियामसँग सेक्स गरेकी थिइन् । पार्टीमा सहभागीहरूले उनीहरूको क्रीडा ‘लाइभ’ हेर्न पाए । रक्सीको मात लागेपछि होश गुमाउने र जेसुकै बोल्न अथवा गर्न पनि लाज नमान्ने माइलीले अरूले आफूहरूको रतिक्रीडा हेरिरहेको थाहा पाएपछि अप्ठेरो महसुस गरेकी थिइन् ।
विभिन्न स्टेज पर्फर्मेन्समा समेत अश्लील हर्कत देखाएको भन्दै माइली धेरैपटक आलोचित समेत बन्दै आएकी छिन् ।
इभा लंगोरिया पार्कर : अमेरिकी अभिनेत्री इभा लंगोरिया पार्कर फिल्म र टेलिफिल्मको दुनियाँमा चिनिएको नाम हो । ‘डेस्परेट हाउसवाइफ’जस्तो सुपरहिट टीभी सिरियलमा काम गरेकी उनी सेक्सलाई भव्य रूपमा सेलब्रेट गर्नुपर्ने मान्यता राख्छिन् । सेक्स लाइफलाई नियमित क्रियाजस्तो बनाउन नहुने र जहिले जस्तो अवस्थामा पनि यसको स्वाद चाख्न तत्पर हुनुपर्ने उनको सिद्धान्त छ ।
हातखुट्टा बाँधेर विवशजस्तो बनेको अवस्थामा सेक्समा सरिक हुन पाउँदा आफू दंग पर्ने गरेको उनी बताउँछिन् । केही समयअघि ‘द सन’ पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले आफ्नो सेक्स लाइफबारे खुलाउँदै आफूलाई आम रूपमा साधारण तरिकाले गरिने सेक्समा त्यति रुचि नभएको बताएकी थिइन् । त्यसैले हातखुट्टा बाँधिएको अवस्थामा चरमोत्कर्षको स्वाद चाख्ने आफ्नो बानी रहेको उनले खुलासा गरेकी थिइन् । सेक्स पार्टनरमा सेक्सको कलाबाहेक चातुर्य, हास्यचेत र प्यासन हुनुपर्ने उनको मान्यता छ । उसको अनुहारले आफूलाई खासै असर नगर्ने उनी बताउँछिन् ।
स्कार्लेट जोहान्सन : हलिउड अभिनेत्री स्कार्लेट जोहान्सनलाई मोडलिङ र गायनबारे पनि राम्रो ज्ञान छ । उनले दख्खल हासिल गरेको अर्को क्षेत्र भनेको सेक्स हो । ‘लस्ट इन ट्रान्सलेसन’ फिल्मका लागि बेफ्टाअन्तर्गत उत्कृष्ट अभिनेत्रीको अवार्ड पाइसकेकी उनलाई सेक्सका विविध स्वादमध्ये कारमा सेक्स गर्दा पाइने स्वादले बढी लोभ्याउने गर्छ ।
एउटा अन्तर्वार्तामा उनले सेक्सलाई भव्य बनाउन सकिएन भने यसमा लीन नभएकै राम्रो हुने बताएकी थिइन् । त्यसैले कामोत्तेजक मनोदशामा बहुलट्ठीपन प्रदर्शन गर्ने तीव्र इच्छा जागेको बेला उनले पार्टनरलाई बेडरुममा नभई कारमा लिएर जाने गरेकी छिन् । ‘त्यस्तो अवस्थामा पार्टनरलाई कारमा लैजान्छु र धीत मरुञ्जेल सेक्स गर्छु,’ उनी भन्छिन्–एकान्त ठाउँमा कार रोकिएको होस्, वातावरण शान्त होस् । बाहिर झमझम पानी परेको छ भने अझ राम्रो । र, कारको पछाडिको सिटमा सेक्स गर्न पाइयोस् ।’ ‘वाइल्ड’ भएर नगरेको सेक्सको त्यति अर्थ नहुने यी २९ वर्षीया अभिनेत्रीको तर्क छ ।
रिहाना : बार्बाडोसमा जन्मिएर अमेरिकालाई कर्मथलो बनाई विश्वभरिका करोडौँ प्रशंसकको मन जित्न सफल पपगायिका रिहानाले अहिलेसम्मका सबै सेक्स पार्टनरको मन पनि जितिसकेकी छिन् । आक्रामक तरिकाले सेक्स गर्न असाध्यै मन पर्ने आफ्नो बानी रहेको उनी बताउँछिन् । त्यसैले सेक्स गर्दा पार्टनरले आफूमाथि प्रेमपूर्वक ‘कठोर’ व्यवहार गरोस् भन्ने उनी चाहन्छिन् ।
ब्वाइफ्रेन्ड क्रिस ब्राउनसँग रिहानाले यस्तै कठोर सेक्स गर्ने गरेकी थिइन् । ब्राउनसँगको सेक्समा आफूले आनन्दको सीमा पार गर्ने गरेको उनले विभिन्न अवसरमा स्वीकारसमेत गरेकी थिइन् । सन् २००९ मा रिहाना र ब्राउनबीच ब्रेकअप भयो । ब्रेकअपपछि उनले ‘लभ एन्ड सेक्स एडिक्सन’ छुटाउन मनोचिकित्सकको सहयोग समेत लिनुपरेको थियो ।

No comments: