LATEST NEWS

अर्थमन्त्रीकी पत्नीका लागि प्रति ट्रक एक लाख घुस लिएको खुलासा

Posted by Nepali Blogger ~ Tuesday, July 21, 2015

काठमाडौं, ५ साउन - विनाशकारी भूकम्पपछि भन्सार कार्यालय बन्द भएकोले चीनतर्फ रोकिएका ३ सय ४० मालबाहक ट्रकका सामान अति न्यून भन्सार शुल्क लिएर छाडिएको छ । एक ट्रक बराबर ५ लाख रुपैयाँ शुल्क लिनुपर्नेमा भन्सार प्रमुख दिव्यराज पोखरेलले १ लाख रुपैयाँमात्र लिएर छाडेको खुलासा भएको छ । 



भन्सार प्रमुख पोखरेलले प्रतिट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून मूल्यांकन गरी ती ट्रक छोडेर करोडौं रुपैयाँ राजस्व मार्ने काम गरेका छन् । ३४० ट्रकमा ३२२ मात्र चेकजाँच गरिएको थियो । १८ वटा ट्रक चेकजाँच नै नगरी छाडिएको स्रोतले बतायो । भन्सार प्रमुख पोखरेलले १५६ वटा मालवाहक ट्रकमा सामान ल्याउने व्यापारीहरुलाई घरमै बोलाएर प्रतिगाडी घुसको दररेट तय गरी तोक आदेश गरेका थिए । 

अख्तियार दुरुपयोग अनुन्धान आयोगले छानविन गर्ने हो भने एयरपोर्टस्थित भन्सार कार्यालयको रेकर्डमा १६६ वटा ट्रकको मात्र प्रज्ञानपत्रमा तोक लगाइएको फेला पर्नेछ । असार २७ गते घरमै व्यापारी बोलाएर अर्थमन्त्री डा. रामशरण महतकी श्रीमतीलाई छुट्टै र कांग्रेसको महाधिवेशनको लागि सहयोग गर्नुपर्छ भनेर व्यापारीसँग प्रति ट्रक एक लाख रुपैयाँ घुस लिएर अति न्यून भन्सार शुल्क लिएर सामान छाडेको स्रोतको भनाई छ । 

मन्त्रीको श्रीमती र कांग्रेसको महाधिवेशनको लागि सहयोग भनेर दररेट तोकी घुस लिएर तोक लगाएका पोखरेलले आफू पानीमाथिको ओभानो बन्न दूधको साक्षी बिरालो भनेझैं राजस्व अनुसन्धान विभागका दुई निर्देशक मदन दाहाल र कमल राजलबटलाई पनि सामेल गराएका थिए । 

श्रोत: ननस्टप खबर डट कम

Categories
Tags

Related Posts

No comments:

Leave a Reply