LATEST NEWS

एन्फा अध्यक्ष एबम् सभासद थापामाथि खुकुरी प्रहार, टाउकामा दर्जन टाँका, ‘एमाले कार्यकर्ताद्धारा आक्रमण’

Posted by Nepali Blogger ~ Tuesday, July 21, 2015

हेटौंडा, श्रावण ५ - संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन कार्यक्रम भइरहेका बेलामा हिन्दूराज्यको माग गर्दै कार्यक्रमस्थल पुगेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र सभासद गणेश थापासहितका कम्तीमा २० जना घाइते भएका छन् । 



मंगलबार मकवानपुरको हेटौंडामा भइरहेको सुझाव संकलन कार्यक्रममा उनीहरुलाई ‘प्रहरीको आडमा सुझाव दिन आएका एमाले कार्यकर्ताले आक्रमण गरेको’ राप्रपा नेपालको दाबी छ । टाउकोमा चोट लागेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आक्रमणकारीलाई कारबाही गर्न माग गर्दै घटनाको भत्र्सना गरेका छन् । 

गणेश थापामाथि खुकुरी प्रहार हुँदा ‘टाउकोमा एक दर्जन टाँका’ नै लगाउनु परेको छ । थापाले ‘सुनियोजित रुपमा आफूहरुमाथि आक्रमण भएको’ भन्दै कारबाही गर्न माग गरे । घटनामा राप्रपा नेपालका मकवानपुर जिल्ला सभापति नवराज विष्ट तथा विद्यार्थी युनियनका केन्द्रीय सदस्य अभिषेक थापा पनि घाइते भएका छन् । 

राप्रपा नेपालले आक्रमणकारीलाई कारबाही नभएसम्म मकवानपुर जिल्ला बन्द गर्ने निर्णयसमेत गरेको छ । यसैगरी, मंगलबारै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी, संघीय समाजवादी फोरमलगायतका दलले हेटौंडामा संविधानको मस्यौदा जलाएर विरोध गरेका छन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply