LATEST NEWS

नयाँ गाडी किन्न पाएको रकम लिएनन्, उल्टै थपेर फिर्ता गरे

Posted by Nepali Blogger ~ Saturday, July 18, 2015

काठमाडौं, साउन २ – प्रधानमन्त्री, मन्त्री लगायतका विशिष्ट व्यक्तिहरुलाई सरकारले विशेष सुविधा उपलव्ध गराएको हुन्छ । प्रायः सबैले यस्तो सुविधाको भरपुर उपयोग गर्छन् । कतिले त दुरुपयोग पनि गर्छन् । चढिरहेको गाडी पुरानो भयो अर्थात मन परेन भने खोजे र रोजेजस्तै नयाँ गाडी पाइन्छ । 



नयाँ गाडी चढ्नु भनेर राज्यले बेलाबेला रकम पनि उपलव्ध गराउँछ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई पनि केही दिन अघि अर्थ मन्त्रालयबाट ८० लाख रुपैयाँ आयो, नयाँ गाडी किन्नु भनेर । तर मन्त्री पण्डितले त्यो रकम लिनुभएन । उल्टै आफ्नो मन्त्रालयबाट साढे ३ करोड रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गर्नुभयो । ‘मलाई योबेला नयाँ गाडी चढ्न मन लागेन’ मन्त्री पण्डितले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘भूकम्प पीडितको लागि भनेर आएको रकममा पनि थप गरेर फिर्ता पठाइदिएँ ।’ 

आफुले अहिले चढिरहेको गाडी पुरानो भएपनि देशलाई अप्ठेरो भएको बेला नयाँ गाडी चढ्न मन नलागेको उहाँको भनाई छ । ‘गाडी त पुरानो छ, अस्ति सोलु र काभ्रे जाँदा पनि बीच बाटोमा बिग्रेर दुःख पाएँ’ मन्त्री पण्डितले भन्नुभयो, ‘तैपनि तत्काल नयाँ गाडी नै चढ्नुपर्छ भन्ने पनि छैन ।’ मन्त्री पद छोडेपनि आफु सामान्य नागरिक सरह सार्वजनिक गाडीमा चढ्नुपर्ने व्यक्ति भएकाले नयाँ र महंगो गाडी चढ्ने रहर नभएको पनि उहाँले बताउनुभयो । राष्ट्रसेवक कर्मचारीले डिभी, पिआर र ग्रिनकार्ड लिन नपाउनेगरी कानुन बनाउन सफल भएपछि मन्त्री पण्डित चर्चित हुनुहुन्छ ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply