प्रहरीबाटै बलात्कारपछि अछाममा महिला स्वास्थ्यकर्मीको हत्या
अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) धनवीर सिंह धामीले एक स्वास्थ्यकर्मी महिलाको बलात्कारपछि हत्या गरेका छन् । रानीवन उपस्वास्थ्य चौकीमा कार्यरत अनमी कलादेवी जैसीलाई प्रहरी निरीक्षक धामीले उनकै घरभित्र पसेर बलात्कार गरी जंगलमा लगेर हत्या गरेका हुन् । पीडित परिवारका अनुसार असई धामीले ४६ वर्षीया अनमी जैसीमाथि लामो समयदेखि हिंसा गर्दै आइरहेका थिए । असई धामीले गत २८ फागुनको मध्यराति २ बजे जैसीकै घरभित्र प्रवेश गरी जवरजस्ती करणी गरी हत्या गरेको मृतकका छोरा धनन्ज्य न्यौपाने (जैसी)ले बताए ।
उनका अनुसार प्रहरी सहायक निरीक्षक धामीले अनमी कलादेवीलाई बलात्कारपछि राति नै लछारपछार गर्दै जंगलतिर लगेका थिए । सोही समयदेखि वेपत्ता भएकी अनमी जैसीको शव १३ दिनपछि भैरवस्थान–३ स्यालघाट भन्ने स्थानमा फेला परेको थियो । मध्यराति आमा बचाऊ भनेर चिच्याउनु भयो । म उठेर जाँदा उसले आइस् भने मारिदिन्छु भन्यो,’ मृतकका छोराले भने,‘अनि म डरले जानँ सकिनँ । त्यसपछि उसले कहाँ लग्यो केही थाहा भएन ।’ आजको राजधानी दैनिकमा खबर छ ।

No comments: