LATEST NEWS

पोचुर्गलमा पहिचान विरोधी भन्दै गगन थापालाई कालो झण्डा (भिडि योसहित)

Posted by Unknown ~ Monday, March 30, 2015



पोर्चुगल, मार्च २९ का दिन जनसम्पर्क समिति पोर्चुगलको चौथो अधिवेशनका लागि आएका नेपाली कांग्रेसका नेताद्वय गगन थापा र धनराज गुरुङलाई पहिचानावादीहरुले कालो झण्डा देखाउँदै नाराबाजी गरेका छन् । संयुक्त संघर्ष समिति पोर्चुगलको आह्वानमा पहिचानवादीहरुले कालो झण्डा देखाएपछि आयोजक जनसम्पर्क समितिका निवर्तमान अध्यक्षसहितको समुहले प्रदर्शनकारीहरुमाथि आक्रमण गरेका थिए । आक्रमण क्रममा मुक्का, लात्ती प्रहार, घाँटी समातेर निचोर्ने, टाउको तथा संवेदनशील अंगहरुमा मुक्का तथा लात्ती हानेपछि केही प्रदर्शनकारीहरु घाइते भएका थिए । समयमै सुरक्षाकर्मीहरु नआएको भए घटनाले अझैं गम्भीर मोड लिनसक्ने पहिचानवादी समूहका एक सदस्यले रातोपाटीलाई बताए । 

 भिडियो यसैबीच आदिवासी जनजाति राष्ट्रिय आन्दोलन सहयोग समितिका सचिव रुपक श्रेष्ठ, नेपाली संघीय समाजका सल्लाहकार पेम्बा शेर्पा, नेपाली जनप्रगतिशील मंचका सल्लाहकार शेर सिंह ठकुरी, आदिवासीजनजाति महासंघका कान्छा शेर्पा र संयुक्त संघर्ष समितिका प्रवक्ता सोम शेर्पाले एक संयुक्त विज्ञप्तिमा पहिचान पक्षधरमाथि भएको हमलाको भत्र्सना गरेका छन् । यसैबीच, संयुक्त संघर्ष समिति पोर्चुगलले लिस्बोन स्थित वाणिज्य दुतको कार्यालयमा नेपाल सरकारलाई पहिचानसहितको संविधान बनाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply