LATEST NEWS

मलेसियाबाट फर्किएर गाउँमै राम्रो आम्दानी

Posted by Unknown ~ Monday, March 30, 2015



दोलखा, चैत १६– पाँच वर्षसम्म मलेसियामा मेहनत गर्दा चाहे जस्तो आम्दानी गर्न नसकेका फुर्वा शेर्पा गाउँ फर्केर पशुपालन र कृषि व्यवसायमा रमाएका छन् । 

गरिबीका कारण पढ्न नसकेपछि सानै उमेरमा विदेशिएका जिरी नगरपालिका–२ माली गाउँका शेर्पाले पाँच वर्षसम्म मलेसियामा मजदुरी गरे । उनी छिमेकीसँग ऋण सापटी गरी मलेसिया पुगेका हुन् । मलेसियाबाट फर्केपछि उनले गाउँमै रहेको सहकारी संस्थाबाट ऋण लिएर तरकारीखेती र बङ्गुरपालन थाले । 

 मेहनती फुर्वाले व्यवसाय सुरु गरेकै वर्ष रु तीन लाख बङ्गुर र तरकारीबाट कमाएपछि उनको आत्मबल बढ्दै गएको छ । गाउँकै जनसहयोगी बचत तथा ऋण सहकारी संस्थाले फुर्वालाई कृषि उद्मीमा छनोट गरी रु पाँच लाखसम्मको सहुलियत कृषि कर्जा दिएको छ । 

गाउँमै मेहनत गरेर पनि विदेशको भन्दा बढी आम्दानी गर्न सकिने सल्लाह दिन्छन् फुर्वा । गाउँँको कच्ची सडक छेउमा फुर्वाको सानो पसल पनि छ । यो पसलले गाउँलेको आवश्कता मात्र धानेको छैन ङिमपुटीलाई स्वरोजगार पनि बनाएको छ । 

कृषि र पशुपालनमा समेत श्रीमान्लाई सघाउँदै आएकी ङिमपुटीले पसलबाट भन्दा कृषिबाटै राम्रो आम्दानी लिन सकेको बताइन् । व्यवसाय थालेको तीन वर्षमै शेर्पा परिवार गाउँमै उदाहरणीय बनेको छ ।

 बङ्गुरपालनबाट राम्रो आम्दानी गरेको शेर्पा परिवारलाई बजारको समस्या हुने गरेको छ । “मासुजन्य पशुपक्षीका लागि टाढादेखि घरैमा ग्राहक आउने गरेका छन्” उनले भने । आवश्क पर्दा सामान्य उपचार र भ्याक्सिन लगाउन सक्नेसम्मको तालिमको खोजीमा शेर्पा रहेका छन् ।

Categories
Tags

Related Posts

No comments:

Leave a Reply